23 September 2019  |   सोमवार, अशोज ६, २०७६

चार वर्षपछि खुल्यो तातोपानी नाका

    | प्रकाशित मितिः मङ्लबार, जेष्ठ १४, २०७६  

काठमाडौं । भूकम्प लगत्तै बन्द भएको उत्तरी तातोपानी नाका चार वर्षपछि सञ्चालनमा आएको छ । आज विहान ऊन ल्याउन चारवटा कन्टेनर चीनको खासा पठाउदै नाका व्यवसायिक रुपमा खुल्ला गरिएको हो ।

नेपाल चीन जोडने मितेरी पुलको निर्माण पुरा नभएकाले पुलमुनीको कच्ची सडकको पुल हुँदै खाली कन्टेनर चीनतर्फ गएका हुन् । जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले चारवटा कन्टेनर खासावाट ऊन भरेर भोली नेपाल फर्कने जानकारी दिएको छ ।

बुधबार कन्टेनर नाका खुलेको संकेत सहित काठमाडौं फर्कने बताइएको छ । नाका खुलेसँगै चीनको सहयोगमा निर्माण गरिएको सुख्खा बन्दरगाह पनि सञ्चालनमा ल्याउने तयारी छ ।

नाका सञ्चालनमा आएपछि तातोपानीमा सुरक्षा ब्यवस्था कडा पारिएको छ । अध्यागमन कार्यालय, भन्सार कार्यालय, क्वारेन्टाइन कार्यालय पनि सञ्चालनमा ल्याइएको छ । भूकम्प र बाढी पहिरोले बिगारेका कोदारी राजमार्गको सडकको मर्मत पनि सकिएको छ ।

प्रकाशित मितिः मङ्लबार, जेष्ठ १४, २०७६     1:11:27 PM  |

प्रतिक्रया दिनुहोस्