22 August 2019  |   बिहिबार, भदौ ५, २०७६

आजदेखि विश्वकप क्रिकेट सुरु हुँदै,इंग्ल्याण्ड र दक्षिण अफ्रीकाबीच पहिलो खेल हुने

    | प्रकाशित मितिः बिहिबार, जेष्ठ १६, २०७६  

काठमाडौं । आईसीसी एकदिवसीय विश्वकप क्रिकेटको १२ औं संस्करण आजबाट शुरु हुँदैछ । बेलायतको लण्डनस्थित दि ओभलमा आज अपरान्ह एक भव्य कार्यक्रमकाबीच प्रतियोगिताको औपचारिक उदघाटन हुँदैछ ।

उद्घाटन खेलमा आयोजक इंग्ल्याण्ड र दक्षिण अफ्रीकाबीच प्रतिस्पर्धा हुनेछ ।उद्घाटन नेपाली समय अनुसार सवा तीन बजे सुरु हुनेछ । उदघाटन खेलमा सहभागी दुबै टिमले अहिलेसम्म एकदिवसीय विश्वकप जित्न सकेका छैनन् ।

इंग्ल्याण्ड र वेल्सको विभिन्न स्थानमा आयोजना हुने विश्वकपमा १० टोलीको सहभागिता रहेको छ ।

प्रकाशित मितिः बिहिबार, जेष्ठ १६, २०७६     11:27:11 AM  |

प्रतिक्रया दिनुहोस्