18 June 2019  |   मङ्लबार, असार ३, २०७६

राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठन र ॐ चावहिल डेन्टल प्रा.लि.को संयुक्त आयोजनामा १ दिने दन्त शिवर

    | प्रकाशित मितिः शनिबार, जेष्ठ १८, २०७६  

काठमाडौ । राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठन र ॐ चाबहिल डेन्टल प्रा.लि.को संयुक्त आयोजनामा ललितपुरको टिकाथली सांनागांउ स्थित होप राइजिङ्ग चिल्ड्रेन होम मा १ दिने नि:शुल्क दन्त शिविर आयोजना गरेको छ।

शिविर कार्यक्रम राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनका अध्यक्ष महेश बहादुर सिंहको प्रमुख आतिथ्यमा र ॐ चाबहिल डेन्टल प्रा.लि.का ब्याबस्थापक कृष्ण घिमिरे, राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनका महासचिव जनक फडेरा, केन्द्रीय सदस्य त्रि बिक्रम सिंह, ॐचाबहिल डेन्टल प्रा.लि. का डाक्टरहरु डा. भावना शर्मा,डा.शुशन खतिवडा,डा.शुस्मा स्यांङ्ग्ताङ्ग ,सरिता अधिकारी लगायतको टोलि सहभागी भएको थियो।

शिवर कार्यक्रम राप्रविसं अध्यक्ष एवं कार्यक्रमका प्रमुख अतिथी महेश बहादुर सिंहको दांत जाँच गरेर उदघाटन गरिएको थियो भने डाक्टर शुसन खतिवडाले दन्त रोग निराकरणका उपाय उपचार सहजता बारे प्रस्ट्याएका थिय भने प्रमुख अतिथी महेश बहादुर सिंहले विद्यार्थी संगठनको भुमिका कार्यक्रमको औचित्य सामाजिक कार्य आदिको महत्त्व दर्शायका थिए ।

शिविरमा बालगृह का बालबालिका र नजिकको बस्तीका आम सर्वसाधारणले उपचार गराइ रहेका छन्।

शिवर आज बेलुका सम्म चल्ने राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनका केन्द्रिय सदस्य त्रि बिक्रम सिंहले जानकारी दिएका छन् ।

प्रकाशित मितिः शनिबार, जेष्ठ १८, २०७६     1:13:34 PM  |

प्रतिक्रया दिनुहोस्