22 September 2019  |   आइतवार, अशोज ५, २०७६

क्या राम्रो छ मेहली गाउँ अब म्युजिक भिडियोमा (भिडियो सहित )

    | प्रकाशित मितिः शनिबार, जेष्ठ १८, २०७६  

सुर्खेत । नेपाली साङ्गितिक बजारमा गीत रेकर्ड भएको झन्डै तीन दशकपछि निकै चर्चामा रहेको मौलिक लोक गीत क्या राम्रो छ मेहली गाउँ को म्युजिक भिडियो सार्बजनिक भएको छ ।

यस गीतका गायक तथा लय शब्द संकलक खगेन्द्र नेपालीको चाहनाअनुसार यस गीतको म्युजिक भिडियो निर्माणका लागि अार्थिक संकलनको काम भयको थियोे । जसकालागि देश तथा विदेसबाट प्राप्त अार्थिक सहयोगले म्युजिक भिडियो तयार पारिएको हो । हाल यस गीतका गाएक नेपाली स्वयम् पनि खुट्टाको हड्डी को क्यान्सर बाट ग्रस्त छन । संकलन गरिएको आर्थिक सहयोग बाट उनको उपचार मा समेत राहत मिलेको छ ।

यस गीतमा बाध्यबाधन गरेका सुर्खेती अग्रज कलाकार प्रेमदेव गिरी, कलाकार कवि गिरी, को हार्मोनियम प्रेमदेब गिरिको मादल र ज्ञान बहादुर लगाएतलाई देख्न सकिन्छ ।

सुर्खेतको साविकको गर्पन र रतु गाउँ लगाएतका क्षेत्रलाई समेटेर गाइएको यो गीत थुप्रै लोक पारखीले मन पराउदै आएका छ्न । यस गीतमा नवीन वली र प्रेमा बिकले अाफ्नो अभिनय मार्फत गीतलाई न्याय दिने कोसिस गरेका छन भने गीतको निर्देशन चन्द्र मन्दिरले गरेका हुन । यो गीतको म्युजिक भिडियोले पनि उत्तिकै लोकपि्रयता पाउने आशा गरिएको छ ।

भिडियो हेर्नुहोस ।

 

 

 

 

प्रकाशित मितिः शनिबार, जेष्ठ १८, २०७६     3:23:35 PM  |

प्रतिक्रया दिनुहोस्