22 September 2019  |   आइतवार, अशोज ५, २०७६

सिंहहरुको शिकारका लागि बनाईएका स्यालराजहरु !

    | प्रकाशित मितिः सोमवार, जेष्ठ २०, २०७६  


खगिन्द्र राज पौडेल
असफल प्रयास र प्रयोग भुमी बन्दैछ नेपाल । संम्भव छैन यो देशका वीरहरुलाई परास्त गर्न तर पनि दुईचार जना देशका गद्दारहरुबाट संख्या बढाउँदै यी नेपाली विरहरुको शिकार गर्न लागिरहेका गद्दार र तिनीहरुलाई साथ दिने अन्य अंगहरु देख्दा लाज लाग्न छोडिसक्यो तैपनि यिनीहरु प्रति दया जागेर आउँछ । के सक्छौ र गर्न ?

नेपाल आमाप्रतिको गद्दारी गरेको पैसा, यही देशका नागरिकहरुको पसिनाबाट उठाएको करको पैसाले यिनै नेपालीको ढाडमा बूट बजार्न प्रयोग गरिरहेका छौ तैपनि नेपाली डराएका छैनन् सरकार डराएको छ । ज्ञानेन्द्र शाहीहरु डराएका छैन बरु संख्या बढेको छ। सिंहहरु आक्रमणबाट बच्न प्रयास गर्दैनन् सरकार, बरु प्राण रहेसम्म आक्रमणकारीहरुलाई समाप्त गर्न लागिरहन्छन् जबसम्म आक्रमणकारीहरुको अन्तेष्टि हुंदैन तबसम्म घाइते बाघहरु बिदेशीले सिंहको छाला ओढाईदिएका स्यालहरुको शिकार गर्न छाड्ने छैनन् ।

ईतिहांस नपढी लेण्डुप बनेको सरकारको दया लाग्छ । नेपाली माथि गद्दार गर्नेहरु हो बिश्व बिजेता बेलायत नेपाली सिंहहरुको बथानसंग हार खाएर यिनै विर नेपालीहरुको सुरक्षा घेरामा सुरक्षित महशुस गर्छन् तर तिमीहरु त यिनै विरहरु माथि लाठी बजारेर राज्य संञ्चालक बनिरहने बिश्वास गर्न पनि कसरी सक्छौ ? विदेशी लगानीकर्ता पनि झुक्किएका छ्न ।

सिंहहरु अर्काले गरिदिएको शिकार खान पछी लाग्छन् भन्ने सोचेर लगानी गरिहेकाछन् । तर यो बुझ्न सकिरहेका छैनन् की जंगलमा सिंह मात्र हुंदैनन् स्याल र हूंडार पनि हुन्छन् जो सिनोको आशमा बसिरहेका हुन्छन्, तिनीहरुले यो जान्ने कोशिस पनि गर्दैनन् की यो शिकार कसले गरेको हो । मात्र यति जान्दछन् खान, त्यसैले बिदेशी लगानी खाएर देशलाई गद्दार गर्ने सिंह होईनन् स्याल र हूंडार हुन् ।

भ्रष्टाचार, बलात्कार, घुसखोरी जस्ता बिषयमा जनताले बिरोध गर्दा अरु देशका नागरिकहरु पुरस्कृत हुन्छन् तर हाम्रो देशको सरकार लौरो बर्साएर हत्कडी लगाउँछ । यति डर किन नेपाली स्वाभिमानी नागरिकसंग ? के यो हत्या, हिंसा, बलात्कार, भ्रष्टाचार, देशद्रोह रोक्न सरकारले सकेन लाचार स्यालहरुको झुण्ड मात्र भयो भनेर विर नेपालीहरुले सहयोगी भूमिका निर्वाह गर्दा तिनीहरुले नै चोट खानुपर्ने कस्तो राज्यको परिकल्पना गरिरहेकाछन् सत्तामा रहनेहरु ? किन डराइरहेकाछन् नेपालीपन खोज्ने र नेपालीत्व जोगाउन खोज्नेहरुसंग? यसको जवाफ छ सरकारसंग ?

नेपालीहरुले चाहेको आफ्नो देशको स्वाधिनताको रक्षा, धर्म, संस्कृति, रितीरिवाज, परम्पराको रक्षा, भ्रष्टाचार मुक्त समाज, भाइचारा, देशको बिकास, रोजगारीको श्रृजना, आन्तरिक श्रोतको परिचालन गर्दै बिदेशी आयातमा परनिर्भर नभइ आन्तरिक निर्भरता यति न हो नेपाली जनताले खोजेको । खै त सरकारले यी जायज मागहरुको सम्बोधन गरेको?

हावा सपना बाँडेर देशको अस्थित्व माथि धावा बोल्ने सिके जस्ता बिखण्डनकारी , हत्यारा, भ्रष्टाचारी, गुण्डाहरुलाई फुलमाला पहि-याउने सरकारको बिरोध गर्ने नागरिकको अधिकार छैन ? बिदेशीलाई नागरिकत बाँड्दा बिरोध गर्न पाउने अधिकार नेपाली नागरिकको छैन । यी सबैबाट बचाउनको लागि सरकार बनाएको हो की देश नै बिलय गर्न ? देश बिकास गर्न, देश र जनताको स्बाभिमान र स्बाधिनताको रक्षा गर्नका लागि कर तिरिएको हो की अंरिगाल पालेर जनता आतंकित पार्दै नेताको मोजमस्तिका लागि? जवाफ छ सरकारसंग?

त्यसैले याबत अबयव पार गर्दा जनताको निष्कर्ष यो छ की यो सरकारबाट देशको स्वाधिनता, धर्म, संस्कृती, रितीरिबाज, परम्पराको रक्षा संम्भव छैन । यिनीहरु बिदेशीहरुबाट देशको डोली उठाउन जन्माईएका बिदेशी बुख्याचा( रिमोट मानव) मात्र हुन् । यिनीहरुबाट बिनाश मात्र संभब छ, बिकास र देशको रक्षा संभव छैन । जति छिटो हुनसक्छ यी भाईरस मुक्त देश बनाउनका लागि नेपाली जनता एक भएर यो विदेशी शक्तिको आडमा निर्मित सरकारलाई परास्त गरि नागरिक सरकार निर्माण गर्न देशका शक्तिहरु ( सेना, राजा र जनता)  एक भै देश बचाऔं !

जय स्वाभिमान

प्रकाशित मितिः सोमवार, जेष्ठ २०, २०७६     10:37:42 AM  |

प्रतिक्रया दिनुहोस्