22 September 2019  |   आइतवार, अशोज ५, २०७६

कतै खानेपानीको बिस्तार, कतै नियमित आपुर्ति नहुदा समस्या

    | प्रकाशित मितिः सोमवार, जेष्ठ २०, २०७६  

इन्दु केसी (सुखड ) कैलाली । यहाँको घोडाघोडी नगरपालिका  वडा न ७ हरीनगरमा खानेपानिको बिस्तार भएको छ । वडा कार्यालयको आर्थिक सहयोगमा हरीनगरका ४८ घरधुरीमा खानेपानिको बिस्तार गरीएको हो ।

वडा कार्यालयको विकास अनुदान बापतको ८ लाख र प्रति घरपरिवारबाट ७ हजार ५ सयको लागत साझेदारीमा खानेपानिको बिस्तार गरीएको खानेपानि तथा सरसफाइ उपभोक्ता समितिका अध्यक्ष ढक बहादुर मल्लले जानकारी दिएका छन । स्वच्छ खानेपानिको निकै समस्या रहेकाले धेरै प्रयास पछि सुखड दरख खानेपानि तथा सरसफाइ आयोजना बाट खानेपानि बिस्तार गरीएको उनले बताए ।

पानी भाडोमा राख्यो भने भाडो नै रातो हुन्थ्यो हरिनगरका स्थानिय चेत बहादुर बमले भने-अहिले शुद्ध पिउने पानि पाउदा निकै खुशि लागेको छ । पानि पनि रातो आउथ्यो सेतो कपडा धोयौ भने पहेलो हुने समस्या थियो स्थानिय अनसरी घर्तिले भनिन, “अहिले खानेपानि बिस्तार भएपछि सजिलो भयो ।”
स्थानिय गिता परियारले स्वच्छ खानेपानि पिउन पाउदा निकै खुशि लागेको बताइन ।

गाउँबासीले स्वच्छ खानेपानी पिउन भन्ने उदेश्यले वडा कार्यालय बाट सहयोग गरेको वडा न ७ का अध्यक्ष धन बहादुर बमले जानकारी दिए । उनले वडाका धेरै जसो गाउहरुमा आर्सनिक युक्त पानि पिउन स्थानिय बाध्य रहेको बताउदै वडा न ७ को किर्तिपुर  र करैचामा डि पि आर तयार भैसकेकाले सो स्थानका बासिन्दाले पनि केहि समयमा स्वच्छ खानेपानि पिउन पाउने बताए ।

यता घोडाघोडी नगरपािलका १ सुखडमा रहेको सुखड दरख खानेपानी उपभोक्ता तथा सरसफाइ आयोजनाले नियमित खानेपानी आपूर्ति गर्न नसक्दा उपभोक्ताहरुले खानेपानीको समस्या भोगिरहेका छन । करिब २८ सय उपभोक्ता रहेको उक्त संस्थाले बिहान र बेलुका गरि दुईपटक मात्र पानी धारामा आपूर्ति गर्दै आईरहेको छ । लामो समयसम्म धारा कुरेर बस्नु पर्ने बाध्यता उपभोक्ताहरुमा रहेको छ । ह्यान्ड पम्पहरुमा समेत पानी आउन छोडेपछि पानीका लागि धाराकै भर पर्नुपर्ने बाध्यता स्थानियको रहेको छ ।

पहिले ह्यान्ड पम्पबाट पानि प्रयोग गथ्र्यौ,घोडाघोडी नगरपािलका १ पिपलडाडाकि शान्ति बुढाथोकिले भनिन, “ह्यान्ड पम्प पनि बन्द भइसक्यो धारामा पानी नआउँदा खान, लुगा धुन समस्या भएको छ । सुखड दरख खानेपानी समितिसंग अहिले ४ लाख लिटर क्षमताका ट्याङकि छन । साडेपानीको ट्याङकिमा सतह मुनिको पानी तान्ने पम्पमा केही समस्या देखा परेकाले उक्त ट्याङकिमा पानी जम्मा गर्न घण्टौ समय लाग्ने गरेको छ ।

गर्मी याममा पानीको प्रयोग नै बढी हुनुको साथै यता आफुहरुले शुद्ध खानेपानी बाट बन्चित भएका नागरिकहरुको मागलाई ध्यानमा राख्दै विभिन्न ठाउहरुमा नया खानेपानी वितरण लाइन विस्तार गरि रहेकाले पनि वेला वेलामा खानेपानीको लाइन बन्द गर्नु पर्ने बाध्यता भैरहेको  सुखड दरख खानेपानी उपभोक्ता तथा सरसफाइ समितिका अध्यक्ष निरज मल्लले  जानकारी दिए ।

साडेपानीमा रहेको खानेपानीको ट्याङकिमा नया गाडिएको बोरिङको पानी जोड्न बाकी रहेकाले उक्त बोर्डिङ जडान पश्चात खानेपानी नियमित आपूर्ति हुने कुरामा ढुक्क रहन दरख सुखड खानेपानी उपभोक्ता तथा सरसफाइ समिति कार्यलय प्रमुख सत्य राज जोशीले आग्रह गरे ।

प्रकाशित मितिः सोमवार, जेष्ठ २०, २०७६     6:48:07 PM  |

प्रतिक्रया दिनुहोस्