12 June 2019  |   बुधबार, जेष्ठ २९, २०७६

ईन्जिनियर वीरेन्द्र श्रेष्ठको ‘पिरिमको बाढी’ (भिडियो सहित)

    | प्रकाशित मितिः बुधबार, जेष्ठ २२, २०७६  

काठमाडौं । ईन्जिनियर तथा गायक वीरेन्द्र श्रेष्ठको स्वरमा रहेको ‘पिरिमको बाढी’ बोलको गीत सार्वजनिक भएको छ ।

घर हाम्रो लेकैमा, माया लाग्छ निष्ठुरीको, लटरपटर लगायतका गीतहरु सार्वजनिक गरिसकेका गायक तथा ईन्जिनियर वीरेन्द्र श्रेष्ठको फेरी अर्को नयाँ गीत सार्वजनिक भएको हो । श्रेष्ठको स्वर तथा दिपक शर्माको शब्द संगीत रहेको उक्त गीतलाई नरेन्द्र वियोगीले संगीत संयोजन गरेका हुन् भने गायनमा श्रेष्ठलाई गायिका अन्जु पन्तले साथ दिएकी छिन् ।

निर्देशक प्रकाश धितालको निर्देशन रहेको यस गीतको म्युजिक भिडियोलाई मिलन विश्वकर्माले सह निर्देशन, उत्सव दाहालले छायांकन र विकाश दाहालले सम्पादन गरेका हुन् । सन्तोष राजबाहकको कोरियोग्राफीमा लोकप्रिय अभिनेता दिलिप रायमाझी र लोकप्रिय अभिनेत्री केकी अधिकारीले अभिनय गरेका छन् । भिडियोमा गाउँले परिवेश भित्र प्रेमी र प्रेमीकाको मिलनलाई प्रस्तुत गरिएको छ ।
जलविद्युत क्षेत्रमा आफ्नो विशेष पहिचान बनाईसकेका ईन्जिनियर वीरेन्द्र श्रेष्ठले सार्वजनिक भिडियोमा राम्रै लगानी गरेको बताए । गीतसंगीत मार्फत् आफ्नो सौखलाई पूरा गरिरहेको बताउँदै श्रेष्ठले म्यूजिक भिडियोमा कुनै कम्प्रोमाईज नगरेकाले स्रोता दर्शकबाट राम्रो प्रतिक्रिया पाउनेमा आशावादी रहेको बताए ।
8K एभरेष्ट मोसन पिक्चर्स प्रा.लि.ले उत्पादन गरेको यस गीतको म्युजिक भिडियोलाई 8K एभरेष्ट मोसन पिक्चर्सको आधिकारिक युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ।

भिडियो हेर्नुहोस्:

प्रकाशित मितिः बुधबार, जेष्ठ २२, २०७६     12:46:50 PM  |

प्रतिक्रया दिनुहोस्