22 September 2019  |   आइतवार, अशोज ५, २०७६

सचेत रहनुहोस ! मौसमले अझै तीन दिनसम्म वितण्डा मच्चाउने छ

    | प्रकाशित मितिः शुक्रबार, जेष्ठ २४, २०७६  

काठमाडौं । देशका विभिन्न स्थानमा अझै तीन दिनसम्म हावाहुरी सहित वर्षा हुने मौसम विभागले जनाएको छ ।जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाए अनुसार शुक्रबार, शनिबार र आइतबार देशको पूर्वी  भूभागमा सामान्य वदली रहने र मध्य र पश्चिमी भू भागका  आंशिकदेखि सामान्य वदली रहने जनाएको छ ।

पश्चिमी भागका थोरै स्थानहरू र मध्य तथा पूर्वी भागमा हावाहुरी मेघ गर्जनसहित वर्षा हुने विभागले जनाएकाे छ। साथै उच्च हिमाली भेगका केही स्थनहरूमा भने हल्का हिमपातको संभावना रहेको बताएको छ।

महाशाखाले जारी गरेको विज्ञप्तिमा भनिएको छ ‘देशका पूर्वी भागमा आंशिकदेखि सामान्य वदली रही पश्चिमी पहाडी भागका थोरै स्थानमा र हावाहुरी र मेघ गर्जनसहित पानी पर्ने सम्भावना छ।‘

महाशाखाको पछिल्लो विवरण अनुसार धनगढी  र दिपायलमा सबै भन्दा धेरै ३६ मिलिमिटर वर्षा भएको छ भने अधिकतम तापक्रम ४१ डिग्री सेल्सियस रहेको छ। नेपालगन्ज र दिपायलमा पछिल्लो समय सबैभन्दा धेरै तापक्रम रहेको महाशाखाको विवरणमा उल्लेख गरिएको छ।

प्रकाशित मितिः शुक्रबार, जेष्ठ २४, २०७६     5:01:00 PM  |

प्रतिक्रया दिनुहोस्