22 September 2019  |   आइतवार, अशोज ५, २०७६

विजय चन्दको सुतली चर्चामा, बिष्णुको स्वर र सगुन शाहीको दमदार अभिनय (भिडियो सहित)

    | प्रकाशित मितिः शनिबार, जेष्ठ २५, २०७६  

काठमाडौ । युवा सर्जक बिजय चन्द दर्पनले आफ्नै वास्तविक कहानिमा लेखेको मर्मस्पर्सी गीत ‘सुतली’ अहिले चर्चाको शिखरमा छ् । आफ्नो वास्तविक जिबनमा आधारित गीत भएपनी सम्पूर्ण परदेशीहरुको पिडा बोकेको गीतमा चर्चित गायिका बिष्णु माझि राजेश खड्का सानुको स्वरले सबैको मन छोएको छ ।

राजेश खड्का सानुकै लयमा बनेको गीतलाई १ सातामा ५ लाख पटकको हाराहारिमा हेरिएको छ । चर्चित मोडल सगुन शाही र बाबुकृष्ण परियारले अभिनय गरेको गीतको छायांकन सुरेश श्रेष्ठ र महेश महराले गरेका हुन भने निर्देशन कपिल लामाले गरेका हुन । अहिलेका लोकप्रिय सर्जक तथा गायक बशन्त थापाको युटुब च्यानल बाट गत शुक्रबार सार्वजनिक गरिएको गीतलाई अत्यधिक रुचाइएको हो ।

परदेशीको पिडा समेटिएको गीत सार्वजनिक गरिएको केही घण्टामै लाख बढी पटक हेरिएको थियो । दिन प्रतिदिन गीत चर्चित बन्दै गएपछि हौसला र जिम्मेवारी थपिदै गएको महसुस भएको गीतकार बिजय चन्द दर्पनले बताए । सर्जक केही बर्ष देखि टेक्सासको अस्टिनमा बस्दै आएका छ्न ।

भिडियो हेर्नुहोस :

प्रकाशित मितिः शनिबार, जेष्ठ २५, २०७६     2:24:42 PM  |

प्रतिक्रया दिनुहोस्