18 July 2019  |   बिहिबार, साउन २, २०७६

लागुऔषध कारोबारी जनप्रतिनिधि प्रहरी खोरमा

    | प्रकाशित मितिः शनिबार, जेष्ठ २५, २०७६  

वीरगन्ज । जिल्ला प्रहरी कार्यालय पर्साले लागूऔषधसहित एकजना जनप्रतिनिधिलाई पक्राउ गरेको छ । जिल्लाको पकाहामैनपुर गाउँपालिका वडा नम्बर १ डोरेबाट निर्वााचित कार्यपालिका सदस्य बालिस्टर सहनीलाई गाँजासहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

करिब सात किलो गाँजासहित पक्राउ परेका उनलाई जिल्ला प्रहरी कार्यालयमा राखेर अनुसन्धान सुरु गरिएको पर्सका प्रहरी उपरीक्षक सोमेन्द्रसिंह राठौरले जानकारी दिनुभयो । यसरी नै पर्सा प्रहरीले बाराको कलैयाका शिबालक साहलाई पनि लागू औषध नाइट्रोभेट लगायत लागू औषध सहित पक्राउ गरेको छ ।

 

प्रकाशित मितिः शनिबार, जेष्ठ २५, २०७६     3:19:02 PM  |

प्रतिक्रया दिनुहोस्