12 June 2019  |   बुधबार, जेष्ठ २९, २०७६

अन्ततः मेयर चौधरीले पत्रकारहरुसँग माफी माग्दै भने- आवेगमा गल्ती भयो, म उदण्द व्यक्ति होइन

    | प्रकाशित मितिः आइतवार, जेष्ठ २६, २०७६  

काठमाडौं । इटहरी उपमहानगरपालिकाका मेयर द्वारिकलाल चौधरीले पत्रकारहरुसँग माफी मागेका छन् । आइतवार विज्ञप्ति निकालेर उनले आफूले आवेशमा आएर बोलेका कुरा फिर्ता लिएको जनाएका छ्न ।

पत्रकार विराट अनुपमको फेसबुक स्टाटसमा जेठ २१ मा कमेन्ट गरेपछि उत्पन्न विवादका क्रममा पत्रकार अनुपमको नाम नलिइ मेयर चौधरीले उनको फेसबुक स्टाटसमा कमेन्ट गरे आक्रोशपूर्ण फोन सम्वादपछि आफूले आवेशमा आएर भनाइहरुबाट उनी र सञ्चारजगतमा परेको चोटपप्रति मेयर चौधरीले दुःख व्यक्त गरेका छन्।

उनले आफू लामो राजनीतिक यात्रापछि यहाँ आइसकेको बताउँदै दुई कार्यकाल जनप्रतिनिधिको भूमिका निर्वाह गरिसकेको स्मरण गरेका छन् । ‘२४ वर्षको उमेरमै तत्कालीन हाँसपोसा गाउँविकास समितिको दुई कार्यकाल अध्यक्ष भएर परीक्षण भइसकेको छु’, उनले विज्ञप्तिमा भनेका छन्, ‘म उद्दण्ड हुँदै होइन, एक अनुशासित व्यक्ति हुँ।’

आवेगजन्य परिस्थितिका कारण आफूले पत्रकार अनुपम र अन्य पत्रकारबारेमा बोलेका कुरा पनि मेयर चौधरीले फिर्ता लिएको बताएका छन्। ‘मेरो भनाइबाट उहाँ र सञ्चारजगतमा पर्न गएको चोटप्रति दुःख व्यक्त गर्दै प्रेस जगतलाई आघात पर्न गएकोमा व्यक्त विचार फिर्ता लिन चाहन्छु। सञ्चारजगतप्रति चोट पुर्याउने मेरो कुनै मनासय छैन र आगामी दिनमा पनि रहने छैन।’

प्रकाशित मितिः आइतवार, जेष्ठ २६, २०७६     8:22:55 PM  |

प्रतिक्रया दिनुहोस्