15 June 2019  |   शनिबार, जेष्ठ ३२, २०७६

लोकप्रिय गायक रमेशराज भट्टराईको ‘भ्रष्टाचार’ (भिडियो सहित)

    | प्रकाशित मितिः सोमवार, जेष्ठ २७, २०७६  

काठमाडौं । नेपाली लोक, आधुनिक तथा पपगीतका चर्चित अनि लोकप्रिय गायक रमेशराज भट्टराईको देशभक्ति गीत ‘भ्रष्टाचार’ सार्वजनिक भएको छ।

‘बहुला गायक’को उपनामले चिनिने लोक, आधुनिक तथा पप गायक रमेशराज भट्टराईका बहुला, बबाल भो, फिदा, होली, जब साँझ पर्छ, मैले तिमीलाई चाहेर पनि, मैले उनको सामू, तिम्रो सम्झनामा लगायत सयौं गीतहरू लोकप्रिय बनेका छन्।

उनै ‘बहुला गायक’ले देशको परिस्थिति र हरेक क्षेत्रमा हुने गरेको भ्रष्टाचार, अनियमितताको विरोधमा तीन करोड नेपाली जनताको आवाजको प्रतिनिधित्व गर्दै यो गीत सार्वजनिक गरेका हुन्। गायक भट्टराईको आफ्नै लय, शब्द तथा स्वर रहेको यो गीत केशव बडुले एरेन्ज गरेका हुन् भने मारुनी रेकर्डिङ स्टुडियोमा सुमन रानामगरले रेकर्ड र कुमार रानामगरले मिक्सिङ् गरी यस गीतको अडियो तयार भएको हो।

दुर्गा पौडेलको निर्देशन, छायांकन र नविन घर्तीमगरको सम्पादन रहेको यस गीतको म्युजिक भिडियोमा गायक भट्टराईको आफ्नै अभिनय रहेको छ । एडभेन्चर इन्टरटेन्मेन्टले उत्पादन गरेको यो गीतको म्युजिक भिडियो गायक भट्टराईको आफ्नै युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ।

गीत सार्वजनिक भएसँगै गायक भट्टराईले सामाजिक सञ्जालमा लेखेका छन्- ‘मैले हाल देशको परिस्थिति, सरकार, नेता, जनता, अभियन्ता, पत्रकार यी आदि विषयवस्तु समेटेर तीन करोड नेपाली जनताले उठाईरहेको आवाजलाई गीत मार्फत उजागर गर्ने कोशिस गरेको छु । देश विकाश को लागी नेता, सरकार अनि हरेक क्षेत्र जहाँ अनियमितता भैरहेको छ, हरपक्ष लाई झक्झक्याउनु हामी कलाकार को धर्म पनि हो चाहे परिस्थिति जस्तोसुकै आवोस्।’

तीन करोड नेपाली जनताको आवाज बनेको यो गीत सबैको मनमनमा बस्न सफल बनोस्, गायक रमेशराज भट्टराई लगायत यस गीतका सम्पूर्ण युनिटलाई हिमाली टाइम्स डटकमको तर्फबाट सफलताको शुभकामना।

भिडियो हेर्नुहोस् :

प्रकाशित मितिः सोमवार, जेष्ठ २७, २०७६     4:27:39 PM  |

प्रतिक्रया दिनुहोस्