14 June 2019  |   शुक्रबार, जेष्ठ ३१, २०७६

चर्चित गायक सन्तोष केसीको संगीत र प्रमोद खरेलको आवाजमा ‘माया लाउनेहरू यहाँ’ (भिडियो सहित)

    | प्रकाशित मितिः सोमवार, जेष्ठ २७, २०७६  

काठमाडौं। नेपाली लोकदोहोरी तथा आधुनिक गीतका चर्चित गायक तथा सर्जक सन्तोष केसीको संगीतमा ‘माया लाउनेहरू यहाँ ‘ बोलको बिल्कुलै नयाँ आधुनिक गीत सार्वजनिक भएको छ।


लोक तथा दोहोरी गीतमा आफ्नो सुमधुर आवाज दिएर लोकप्रिय बनेका गायक सन्तोष केसी आधुनिक गीतमा पनि उत्तिकै चर्चित मानिन्छन्। उनको शब्द तथा संगीतमा तयार भएका थुप्रै गीतहरू चर्चाको शिखरमा रहेका छन्।
उनै गायक केसीको संगीत र सर्जक सुष्मा अधिकारीको शब्द रहेको यस गीतमा लाखौं श्रोता तथा दर्शकका ढुकढुकी बनेका लोकप्रिय  आधुनिक तथा पप गायक प्रमोद खरेलको कर्णप्रिय आवाज रहेको छ।
क्रान्ति केसीको निर्देशन, सम्पादन र अजय रेग्मीको छायांकन रहेको यस गीतको म्युजिक भिडियोमा विक्रम बुढाथोकी, शिल्पा पोख्रेल र राज थापाको अभिनय देख्न सकिन्छ।
Dacon Picture ले तयार पारेको यस गीतको म्युजिक भिडियोलाई गायक तथा सर्जक सन्तोष केसीको आफ्नै आधिकारिक युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ।
गायक तथा सर्जक सन्तोष केसी लगायत यस गीतका सम्पूर्ण युनिटलाई हिमाली टाइम्स डटकमको तर्फबाट सफलताको शुभकामना।
भिडियो हेर्नुहोस् :

प्रकाशित मितिः सोमवार, जेष्ठ २७, २०७६     7:25:01 PM  |

प्रतिक्रया दिनुहोस्