15 June 2019  |   शनिबार, जेष्ठ ३२, २०७६

राजा महेन्द्रको १०० औ जन्मजयन्तीको अवसरमा प्रवचन गोष्ठी हुँदै  

    | प्रकाशित मितिः मङ्लबार, जेष्ठ २८, २०७६  

काठमाडौं । स्वर्गीय राजा महेन्द्र शाहको १०० औ जन्मजयन्ती भव्य रूपमा मनाइने भएको छ । राजा महेन्द्रको जन्मजयन्तीका अवसरमा राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रवचन गोष्ठीको आयोजना गरेको छ ।

राष्ट्रियता,विकास र अन्तर्राष्ट्रिय सम्बन्धका सन्दर्भमा राजा महेन्द्र बहुआयामिक व्यक्तित्व विषयक प्रवचन गोष्ठीको आयोजना गरिएको हो । यही जेठ २९ गतेका दिन नयाँ बानेश्वरमा हुने उक्त कार्यक्रममा राप्रपा अध्यक्ष कमल थापाको प्रमुख आथित्यता रहनेछ ।

राप्रपा केन्द्रिय प्रचार विभागले कार्यक्रममा उपस्थितिका लागि सम्बद सवैमा आग्रह गरेको छ ।

प्रकाशित मितिः मङ्लबार, जेष्ठ २८, २०७६     5:02:32 PM  |

प्रतिक्रया दिनुहोस्