22 September 2019  |   आइतवार, अशोज ५, २०७६

पञ्चायतमा जे स्कुल चलेको थियो, अहिले पनि त्यही छ ,नीति–नियम पनि तिनै छन्- प्रचण्ड

    | प्रकाशित मितिः बुधबार, जेष्ठ २९, २०७६  

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकको व्यवस्था परिवर्तन भए पनि परम्परागत राज्य संयन्त्र नबदलिनु दुर्भाग्य भएको बताएका छ्न ।

बुधबार चितवनमा अच्युतराज सुवेदीको स्मृति सभामा बोल्दै प्रचण्डले यस्तो बताएका हुन ।  उनले राज्य संरचनाको उही पुरानै स्कुल अझै कायम रहेको बताए । पञ्चायतको बेलामा जे स्कुल चलेको थियो, अहिले पनि त्यही छ अध्यक्ष प्रचण्डले भने  नीति–नियम पनि तिनै छन् । नियम कानुन बदलिहालियो भने पनि काम गर्ने तरिका, सोच र शैली उही रहेको उनले बताए  ।

उनले चुनावका बेलामा भ्रष्टाचार अन्त्य, सुशासनको नारा दिएको र जनताले अनुमोदन पनि गरेको बताउँदै तदनुरूप काम हुन नसकेको बताए । उनले सरकारको कामको इमान्दार समीक्षा गर्दै जनअपेक्षाअनुरूप अघि बढ्नुको विकल्प नरहेको समेत औँल्याए ।

प्रकाशित मितिः बुधबार, जेष्ठ २९, २०७६     3:20:40 PM  |

One Comment

  • चन्द्रकुमार गदाल

    कामरेड प्रचण्ड जी, तपाइले राज्यको निती नियम यो भएन तो भएन भन्न मिल्छ ? तपाइहरु आफै सत्तामा बसिरहनु भएको छ। लाज लाग्नु पर्ने हो तर लाज शर्म इज्जत स्तर नैतिकता केही रहेन छ तपाइहरु कम्युनिष्ट नेताहरुमा।जवसम्म तपाइहरु जस्ता भ्रष्ट ब्यक्ति सत्तामा बसिरहनु हुन्च, तवसम्म नेपालको विकास हुदैन।

प्रतिक्रया दिनुहोस्