20 November 2019  |   बुधबार, मंसिर ४, २०७६

टिपरको ठक्करबाट सुर्खेतका पत्रकार गेलाङको मृत्यु

    | प्रकाशित मितिः बुधबार, जेष्ठ २९, २०७६  

सुर्खेत । टिम्परको ठक्करबाट सुर्खेतमा पत्रकारको मृत्यु भएको छ। जिल्लाको भेरीगंगा नगरपालिका-८ को लोदेमा टिपरको ठक्करबाट सुर्खेत पहिचान दैनिकका सम्पादक तथा नेपाल पत्रकार महासंघ सुर्खेत शाखाका सहसचिव नन्दु गेलाङको घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको छ ।

रुकुम पश्चिमकबाट सुर्खेततर्फ आउँदै गरेको बा ५ ख १६८३ नम्बरको टिपरले विपरीत दिशाबाट आइरहेको पत्रकार गेलाङ सवार भे ८ प ७६०४ नम्बरको मोटरसाइकलालई ठक्कर दिँदा गेलाङको घटना स्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको छ।

टिपर चालक फरार रहेको र खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ।

प्रकाशित मितिः बुधबार, जेष्ठ २९, २०७६     3:27:56 PM  |

प्रतिक्रया दिनुहोस्