22 September 2019  |   आइतवार, अशोज ५, २०७६

शिक्षा सुधारका लागि स्थलगत अवलोकन

    | प्रकाशित मितिः बुधबार, जेष्ठ २९, २०७६  

इन्दु केसी ,(सुखड )कैलाली ।कैलालीको घोडाघोडी नगरपालिकामा रहेका सामुदायिक विद्यालयका प्रअ र विद्यालय ब्यवस्थापन समितिको टोलिले स्थलगत अवलोकन गरेका छन ।
प्र.अ. र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सहित ९८ जनाले  ४ दिने शैक्षिक अवलोकन भम्रण गरेका छ्न । गुणस्तरिय शिक्षा नगरमा कसरी ल्याउन सकिन्छ,शिक्षामा सुधार कसरी गर्न सकिन्छ भन्ने सिकाइका लागि स्थलगत अध्ययन अवलोकन गरेको घोडाघोडी नगरपालिका अन्तरगर्त शिक्षा शाखा प्रमुख उमेश राज रेग्मीले जानकारी दिए ।

नगरलाइ शैक्षिक नगरीकै रुपमा बिकास गर्न लागेको बताउदै उनले भने, “नमुना बिद्यालयको रुपमा स्थापित गर्नका लागि अवलोकन गर्न गएका हौ,पक्कै पनि यो अवलोकनले सकारात्मक प्रभाब पर्नेछ ।”टोलिले शिक्षामा निकै अब्बल मानिएको बुटवल स्थित कालिका मानबज्ञान माध्यमिक    विद्यालय र चितवन् स्थित नारायणी नमुना माध्यमिक विद्यालयको अवलोकन गरेको हो ।

अवलोकनका क्रममा नारायणि नमुना मा बि का प्र.अ. पुर्ण दवाडीले निकै तल्लो स्तरमा रहेको बिद्यालयले कसरी  नमुनाको रुपमा स्थापित हुन सफल भयो भन्ने बारे जानकारी दिएका थिए । २०२० सालमा स्थापना हुदा रात्रि  विद्यालय भनेर चिनिने नारायणी मा बि तल्लो स्तरबाट यहा सम्म पुर्याउन शिक्षक र ब्यवस्थापन समितिको नै भुमिका रहेको बताउदै शिक्षकलाइ खुशि पार्नु नै शिक्षा सुधार हुनु रहेको सुझाब दिए ।

त्यसैगरी कालिका मानबज्ञान माध्यमिक विद्यालयका प्र. अ. घनश्याम पाठकले तत्कालिन श्री ५ को सरकारले ५ पटक कारबाहि गरेको कालिका मा बि यहा सम्म पुग्नुमा शिक्षकको नै भुमिका रहेको बताए । उनले शिक्षकले आफ्नो कर्तब्य निकै राम्रो संग निभाएको बताउदै सबैभन्दा पहिले शैक्षिक सत्र सुरु हुनु पुर्ब बार्षिक शैक्षिक योजना बनाउनुपर्ने सुझाब दिए । शिक्षक संगै अभिभावकको पनि बिद्यालय सुधारका लागि महत्वुपुर्ण भुमिका रहेको बताउदै उनले अभिभावक संगको छलफल र शिक्षकले मुस्कान सहित कक्षा कोठामा प्रबेश गर्नुपर्ने लगायतका सुझाब दिएक थिए ।

यता शिक्षा सुधारका लागि नैतिक सुधार नै प्रमुख कुरा रहेको शिक्षा समितिका सदस्य प्रेम रोकायाले बताए । उनले शैक्षिक अवलोकन निकै उपलब्धि मुलक रहेको बताउदै सबै लाग्यो भने शिक्षमा परीवर्तन हुने कुरामा जोड दिए ।

अवलोकन भ्रमण निकै सिकाइ मुलक रहेको राष्ट्रिय मा बि सुखडका प्र अ रामछबिल्ला चौधरीले बताए । उनले शिक्षा सुधारका लागि सबैभनदा पहिले ब्यवस्थापन समिति, शिक्षक,अभिभावकको महत्वुर्पुर्ण भुमिका रहेको बताउदै शिक्षकलाइ शिक्षा दिए बापत प्रोत्साहन सहित पुरस्कारको योजना ल्याउने बताए । अवलोकनमा गएका बिद्यालयको जस्तै भौतिक बयवस्थपन गर्न नसके पनि प्रयास भने गर्ने उनले बताए ।
कालिका प्राथामिक बिध्यालय घोडाघोडी नगरपािलका १ सिङ्रौवाका प्र अ चिरन्जिबी देभकोटाले  शिक्षा  सुधारका लागि सबै भन्दा पहिले शिक्षकलाई सन्तुष्टि बनाउन सक्नु नै मुख्य कुरा रहेको बुझिएको बताए । उनले सिकाइको सुरुवाती चरणमा शिक्षकहरुलाइ कसरी सन्तुष्ट पार्न सकिन्छ भन्ने बारे पहल गर्ने बताए । जनप्रगतिशिल आधारभुत विद्यालय घोडाघोडी नगरपािलकाका प्र अ लक्ष्मि ओझ पाठकले सिकाइको रुपमा सबैभन्दा पहिले अभिभावक भेला गराइ त्याहाको नितिको बारेम जानकारी दिने बताइन । उनले व्यस्थापन समिति र शिक्षकहरु कर्तब्य निष्ठ भएर लागेको पाइएकाले आफुले पनि सक्दो प्रयास गर्ने बताइन ।

राष्ट्रिय मा.वि. तारानगर ब्यवस्थापन समितिकका अध्यक्ष खगेन्द्र ठकुल्लाले त्यहाको विद्यालय र यहाको बिद्यालयमा निकै फरक पाइएको बताउदै सुरुवाति चरणमा अवलोकनका क्रममा देखिएका कुराहरुलाइ पहिलो बैठक मार्फत अभिभावक,शिक्षकहरुलाइ जानकारी गराइ क्रमबद्ध रुपमा अघि बढ्ने बताए । हरीनगर मा.बि. का अध्यक्ष राजाराम चौधरीले भने, “अवलोकनका क्रममा देखिएको कुरा सबैभन्दा पहिले आचरसंहिता निर्माण गर्नेछौ,सबै टिमले आफ्नो कर्तब्य सहित तरीकाले निर्बाह गर्नुपर्छ भन्ने बोध गराउनेछौ ।”

प्रकाशित मितिः बुधबार, जेष्ठ २९, २०७६     11:04:30 PM  |

प्रतिक्रया दिनुहोस्