22 September 2019  |   आइतवार, अशोज ५, २०७६

सवारी साधनको भाडा १२ प्रतिशतले बढ्यो,असारदेखि लागू हुने

    | प्रकाशित मितिः बिहिबार, जेष्ठ ३०, २०७६  

काठमाडौं । सरकारले असार महिनादेखि लागू हुनेगरी सबै खाले सार्वजनिक सवारी साधनको भाडा १२% ले वृद्धि गरेको छ।

यातायात व्यवस्था विभागका अनुसार विभागले मेकानिकल पार्टस्को मूल्य, सवारी साधनको मूल्य, श्रमको दर, इन्धनमा भएको मूल्यवृद्धिलगायतका आधारका भाडादर कायम गरिएको बताएको छ।

भाडादर समायोजन गर्ने विषयमा विभागले बुधबार महानगरपालिकासँग छलफल समेत गरेको थियो।

बिहिबार यायायात व्यवसायी, उपभोक्ता कर्मी र सुरक्षा निकायका प्रमुखलगायतसँग छलफल गरी भाडादर समायोजन गरिएको विभागका महानिर्देशक कुमारप्रसाद दहालले भाडा बढाइएको बताए।

यस अघि व्यवसायीले भाडा वृद्धि माग गर्दै गर्दा दशैंअघि सरकारले सार्वजनिक सवारीको भाडा १० प्रतिशत बढाएको थियो।उक्त भाडामा थप १२ प्रतिशत वृद्धि गर्ने निर्णय सरकारले गरेको हो। योसँगै अब सार्वजनिक सवारी साधन चढ्ने यात्रुले ४ किलोमिटर सम्मको १६ रुपैयाँ भाडा तिर्नु पर्ने भएको छ। यसअघि १४ रुपैयाँ थियो।

२०६९ पछि विभागले पहिलो पटक वैज्ञानिक भाडादर भनेको छ।

प्रकाशित मितिः बिहिबार, जेष्ठ ३०, २०७६     4:07:24 PM  |

प्रतिक्रया दिनुहोस्