17 June 2019  |   सोमवार, असार २, २०७६

गुठीसम्बन्धी विद्येयक तत्काल फिर्ता नलिए प्रतिकारमा उत्रिन्छौ – लोहनी

    | प्रकाशित मितिः बिहिबार, जेष्ठ ३०, २०७६  

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) का अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले सरकारले निर्णयार्थ प्रस्तुत गरेको गुठीसम्बन्धी विद्येयक तत्काल फिर्ता नलिए त्यसको कडा मुल्य चुकाउनुपर्ने चेतावनी दिएका छ्न ।

बिहीबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै लोहनीले विद्येयक फिर्ता नगरे आफ्नो पार्टीले समेत आन्दोलन गर्ने चेतावनी दिए । गुठीसम्बन्धि विधेयक बारे सर्वत्र विरोध भैरहेको बेला अध्यक्ष लोहनीले सरकारले पटकपटक नेपालको धार्मिक तथा सास्कृतिक सम्पदा माथि प्रहार गर्ने गरेको आरोप लगाए ।

अध्यक्ष लोहनीले हाल संसदमा प्रस्तुत उक्त विद्येयकले नेपालको परम्परागत मूल्य मान्यता र समन्वयमा अडेको धार्मिक र सांस्कृतिक संरचना भत्काउने दाबी गरे । अध्यक्ष लोहनीले उक्त विद्येयकले अक्षयकोष खडा गर्ने नाममा गुठीका जग्गा व्यक्तिकरण गरी सरकारी मूल्यांकनको २५ प्रतिशत लिएर विक्रि गर्न पाउनेगरि हजारौं रोपनी÷विगाह जमिनलाई कौडीको भाउमा बेच्ने नियत राखेको आरोप लगाए ।

अध्यक्ष लोहनीले उक्त विद्येयकमार्फत सरकारले व्यवसाय गर्ने दाउ राखेको पनि आरोप लगाए ।  उनले सरकारले संसदमा टेवुल गराएको उक्त विद्येयक जे–जसरी भएपनि फिर्ता लिनुपर्ने सुझाव दिए । विद्येयक फिर्ता नगरे आफूहरुपनि सडक आन्दोलनमा उत्रिने चेतावनी समेत दिए ।

त्यस्तै उनले बहुचर्चित र विवादित ललिता निवास प्रकरणबारे टिप्पणी गर्दै लोहनीले यदि मुआब्जा बुझेको हो भने नेपाल सरकारको नाममा जग्गाको लालपुर्जा आउनुपर्ने बताए ।

प्रकाशित मितिः बिहिबार, जेष्ठ ३०, २०७६     6:10:17 PM  |

प्रतिक्रया दिनुहोस्