16 June 2019  |   आइतवार, असार १, २०७६

योजना तर्जुमा सम्बन्धि वडा भेला सम्पन्न, पुर्वाधार विकास नै पहिलो प्राथमिकता

    | प्रकाशित मितिः शुक्रबार, जेष्ठ ३१, २०७६  

इन्दु केसी,कैलाली । कैलालीको घोडाघोडी नगरपालिका वडा न ४ ले वडा भेला सम्पन्न गरेको छ । आर्थिक बर्ष २०७६/७७ को योजना तर्जुमा सम्बन्धि तेस्रो वडा भेला माघि गाउँमा  सम्पन्न भएको हो ।

कार्यक्रममा बोल्दै वडा न ४ का अध्यक्ष टेक बुढाले आउदो बर्षको योजनाका बारेमा जानकारी दिएका थिए । उनले गत बर्ष झै आउदो आर्थिक बर्षमा पनि बिकास निर्माणको काममा पुर्बाधार निर्माण नै पहिले प्राथामिकतामा रहेको बताए । उनले भने, “साबिकको गाबिस मध्य रामशिखरझाला गाविस पुर्बाधारको दृष्टिकोणले निकै पछाडि छ,त्यसैले पुर्बाधार निर्माणलाइ मुख्य प्राथामिकतामा राखेका छौ ।” प्रदेश सरकारले सम्मानजनक बजेट बिनियोजन गरेको थियो,संघ बाट कुनै बजेट पाएनौ ।” उनले भने, “ बिजुलि बाट पनि निकै टाढा रहेको वडा न ४ मा घोडाघोडी सामुदायिक ग्रामिण विद्युत सहकारीले लिएको क्षेत्राधिकार कटौति गरीसकेका छौ, धेरै आशामा रह्यौ तर बिजुलि बलेन अब आफै बाल्छौ साथै सिमथरी माघि सडक कालोपत्रेको योजना २ बर्ष सम्म पनि समपन्न नहुदा टेण्डर रद्ध गरिसकेको र साउन भदौमा टेण्डर आह्वान गरी कालोपत्रे गरीने गर्नेछौ ।”

कार्यक्रममा बोल्दै महिला सदस्य पुजा न्यौपानेले कुनै ठाउलाइ पनि काखा पाखा नगरी बजेट बिनियोजन गरीने बताइन । वडा भेला सहभागिहरुले आ आफ्नो सुझाब दिएका थिए ।

कार्यक्रममा बोल्दै समाजसेवी बम बहादुर सिंहले जनप्रतिनिधिले काम गर्ने शैलि परिवर्तन गर्न आवश्यक रहेको सुझाब दिए । चालु आर्थिक बर्षको सम्पन्न भएको योजनालाइ जनता संग प्रष्टाएर मात्रै नया योजनाकको थालनि गर्नुपर्ने उनको भनाइ थियो । महत्वकांक्षी योजनाहरुलाइ मात्रै छनोट भएको बताउदै उनले प्रथामिकिकरण योजनाहरु मात्रै ल्याउनुपर्नेमा जोड दिए ।
त्यसैगरी समाजसेवि जनक साउदले सबैतिर समेटेर योजना छान्नुपर्ने बताए ।

कार्यक्रमका बिच २० जना जेष्ट नागरीकहरुलाइ सम्मान गरीएको थियो । महिला तथा बालबालिका शाखाबाट बिनियोजना गरीएको रकमले सम्मान गरीएको हो । छाता,ब्ल्यांकेट र टर्च लाइट र यातायात बापत रु २ सय रकम बितरण गरी ज्येष्ट नागरीकहरुलाइ सम्मान गरीएको थियो ।

नगरपालिकाले १२ ओटै वडालाइ १ करोड रकमको योजनाहरु ल्याउनुपर्ने बताएको छ । चालु आर्थिक वडा न ४ मा बर्षमा १ करोड २० लाख रकम बिनियोजन गरेको थियो ।

 

प्रकाशित मितिः शुक्रबार, जेष्ठ ३१, २०७६     8:47:35 PM  |

प्रतिक्रया दिनुहोस्