24 October 2019  |   बिहिबार, कार्तिक ७, २०७६

लोकप्रिय गायक रेशम सापकोटा र गायिका राधिका हमालको ठट्यौली गीत ‘टिकटक’ (भिडियो सहित)

    | प्रकाशित मितिः शुक्रबार, जेष्ठ ३१, २०७६  

काठमाडौं । नेपाली लोक तथा दोहोरी गीतका लोकप्रिय गायक तथा सर्जक रेशम सापकोटाको अर्को ठट्यौली लोकदोहोरी गीत ‘टिकटक’ सार्वजनिक भएको छ ।

जनचेतनामुलक देखि लिएर हाँस्यव्यंग्यात्मक, ठट्यौली गीतहरू, लोक भजन गीतहरूसम्म सिर्जना गर्न माहिर गायक सापकोटा गायनका अलावा अभिनय र निर्देशनमा पनि उत्तिकै सफल देखिन्छन् । उनका मार्यो नि मायाले (ठट्यौली), पल्टनको लाहुरे दाइ, बाटो हेरे हुन्छ है घरमा (दशैंतिहार), लाहुरेनी भाउजु (जनचेतनामुलक, ठट्यौली), ठूला देवता (भजन), अंशबन्डा (ठट्यौली), नेपालको छोरो म (देशभक्ति), झलमलै तिहार (तिहार), बृद्धाश्रम भाग १ र २ (जनचेतनामुलक तीजगीत) लगायत सयौं गीतहरू चर्चाको शिखरमा छन् ।

उनै गायक तथा सर्जक रेशम सापकोटाले फेरि पनि ठट्यौली पाराको दोहोरी गीत टिकटक सांगीतिक बजारमा ल्याएका हुन् ।उनकै लय, शब्द तथा आवाज रहेको यस गीतको महिला आवाजमा उनलाई लोकप्रिय गायिका राधिका हमालले साथ दिएकी छन् साथै धर्तीमा थापामगर, प्रिया जिसी र शान्ती घर्तीमगरले सह-आवाज दिएका छन् भने यो गीतको संगीत संयोजन गायक तथा सर्जक झलक संगीतमले गरेका छन् ।

गायक सापकोटाकै निर्देशन, राहुल राईको छायांकन र रोशन धितालको सम्पादन रहेको यो गीतको म्युजिक भिडियोमा गायक सापकोटा, अनिता बस्नेत, मनिशा राई, चन्द्र बिडारी, वाशुदेव खनाल लगायतका कलाकारहरूले अभिनय देख्न सकिन्छ ।

तरेली संगीत कुञ्जले उत्पादन गरेको यो गीतको म्युजिक भिडियोलाई तरेली संगीत कुञ्जकै आधिकारिक युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको हो ।

गायक तथा सर्जक रेशम सापकोटा, गायिका राधिका हमाल लगायत यस गीतका सम्पूर्ण युनिटलाई हिमाली टाइम्स डटकमको तर्फबाट सफलताको शुभकामना ।।

भिडियो हेर्नुहोस् :

 

प्रकाशित मितिः शुक्रबार, जेष्ठ ३१, २०७६     9:13:29 PM  |

प्रतिक्रया दिनुहोस्