22 September 2019  |   आइतवार, अशोज ५, २०७६

गुठी विधेयक नसच्चाय सह्य हुनेछैन -पुर्वराजा शाह

    | प्रकाशित मितिः शनिबार, जेष्ठ ३२, २०७६  

काठमाडौँ । पुर्वराजा ज्ञानेन्द्र शाहले गुठी सम्बन्धि विधयेकले  मुलुकको धर्म सस्कृति माथि गम्भीर असर पार्ने बताएका छ्न ।पछिल्लो समय विभिन्न बाहानामा मुलुकको धार्मिक तथा सास्कृतिक क्षेत्रमाथि प्रहार गर्ने काम भैरहेको भन्दौ उनले यो विधेयक नसच्चाय आफुलाइ सैहय नहुने बताएका छन ।

सरकारले ल्याएको यो विधेयकले देशमा तरंग पैदा गरिरहेका बेला पूर्वराजा शाहले गुठीभित्रको धर्म सस्कृतिलाई नस्ट गरी धार्मिक संस्कार नस्ट नगर्न चेतावनी दिएका छन् । उनले नेपाल र नेपालीको धार्मिक तथा सास्कृतिक आस्थाको धरोहर र सदियौ देखि मिलेर बसेको नेपाली समुदायको बिचमा फाटो ल्याउने काम भैरहेको भन्दै त्यसले राष्ट्र , राष्ट्रियता र राष्ट्रिय स्वाधीनता माथी नै असर पार्ने भन्दै चिन्ता व्यक्त गरे ।

हाल थाइल्याण्डमा रहेका पूर्वराजा शाहले
त्यहा रहेका नेपालीहरुसँगको भेटमा गुठीका बिषयमा गम्भिर भएर सोच्न सरकारलाई आग्रह गरेको बताइएको छ ।

पुर्वराजा शाहले मुलुकको धर्म संस्कृति, परम्परा, रीतिरिवाज र तिनीहरुसँग जोडिएका संस्थाहरु सामाजिक सौहार्दता र राष्ट्रिय एकता दरिलो बनाउने आधार भएको भन्दै गुठी बिधेयक सच्याउन आग्रह गरेका छन् ।

मुलुकको संस्कृति, परम्परा, धर्म, रीतिरिवाजमा खल्वल्याउने काम नगर्न सरकारलाई उनले आग्रह गरेका छन् । संवेदनशील विषयमा आवश्यक सुधार र परिमार्जन गर्दा राज्यले सरोकारवाला निकायसँग छलफल गर्नुपर्ने बताए ।

प्रकाशित मितिः शनिबार, जेष्ठ ३२, २०७६     12:01:04 PM  |

One Comment

  • Dambarurajbaral

    Dharma communist le Affim bhanda chhan , tar. Pachim whollywin lage ka comred kin ingo r Christian Ko paisa ma churlumma dubeka chhan !

प्रतिक्रया दिनुहोस्