20 November 2019  |   बुधबार, मंसिर ४, २०७६

विदेशमा हुँदा पनि स्वदेशकै चासो,गुठी विधेयक बारे फेरि बोले पुर्वराजा शाह

    | प्रकाशित मितिः आइतवार, असार १, २०७६  

काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाहले धर्म र संस्कृतिमाथि राजनीति नगर्न दलहरुलाई आग्रह गरेका छ्न । गुठी विधेयक विरुद्ध देशमा आन्दोलन जारी रहेको बेला पुर्वराजा शाहले थाइल्याण्डबाट यश विधेयकलाई निकै गम्भीरताका साथ लिएका छ्न ।

नेपालको धार्मिक तथा सास्कृतिक क्षेत्रमा निकै चासो र राष्ट्र राष्ट्रियता तथा राष्ट्रिय स्वाधीनताका सवालमा बारम्बार बोल्दै आएका शाहले गुठीको विवादलाई राजनीतिक दाउपेज नबनाउन आफु निकटका ब्यक्तिसँग आग्रह गरेका हुन । गुठी आन्दोलनलाई समर्थन गर्दै आएका दल र समुहका प्रमुखहरुलाई बैङ्ककबाट टेलीफोन गरि सम्वादको बाटोबाट समास्या सामधान गर्न आग्रह गरेको स्रोतले बताएको छ ।

पुर्वराजा शाहपे दुई दिनअघि मात्र गुठीका नाममा धर्म संस्कृतिमाथीको आक्रमण सह्य हुन नसक्ने बताएका थिए ।

पूर्वराजा शाहले मुलुकको धर्म ,संस्कृति, परम्परा, रीतिरिवाज र तिनीहरुसँग जोडिएका संस्थाहरु सामाजिक सौहार्दता र राष्ट्रिय एकताका दरिलो बनाउने आधार भएको भन्दै गुठी बिधेयक सच्याउन यसअघि आग्रह गरेका हुन ।

पछिल्लो समय धर्म र संस्कृतिका पक्षमा खुलेरै वकालत गर्दै आएका पूर्वराजाले गुठीका बिषयमा धेरै चासो देखाएका छन् । नेपाल बाहिर भएपनि उनले गुठीले बोकेको धार्मिक संस्कारका बिषयमा गहिरो चासो र खवदारी गरिरहेका छन् ।-

yeskathmandu को सहयोगमा 

प्रकाशित मितिः आइतवार, असार १, २०७६     4:48:52 PM  |

One Comment

प्रतिक्रया दिनुहोस्