17 November 2019  |   आइतवार, मंसिर १, २०७६

कर्णाली प्रदेशमा छोरी जन्मेलगत्तै बैंक खाता,प्रत्येक महिना पाँच सय रुपैया प्रदेश सरकारले जम्मा गरिदिने

    | प्रकाशित मितिः आइतवार, असार १, २०७६  

सुर्खेत । कर्णाली प्रदेश सरकारले अब छोरी जन्मेलगतै बैंक खाता खोलिदिने योजना ल्याएको छ । ‘बैंक खाता छोरीको, सुरक्षा जीवनभरीको’ भन्ने मुल नारासहित कर्णाली प्रदेश सरकारले यस्तो योजना ल्याएको हो ।

वीरेन्द्रनगरमा आइतवार सार्वजनिक गरिएको कर्णाली प्रदेशको बजेटमा छोरी जन्मेलगनै एक हजार रुपैयाँमा खाता खोलिदिने र प्रत्येक महिना ५ सय रुपैया जम्मा गरिदिने योजना ल्याएको आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाले बताए ।जीवनभर छोरीको सुरक्षा र उनीहरू लाई सबल पार्न कर्णाली प्रदेशमा यस्तो कार्यक्रम ल्याइएको बताइएको छ ।

यो संगै छोरी–बुहारी छात्रबृद्धि कार्यक्रम पनि सार्वजनिक गरिएको छ । आगमी बर्ष २०७६/०७७ को कार्यक्रममा छोरी र बुहारीलाई अध्यापनका लागि छात्रबृद्धि दिने घोषणा गरिएको छ ।

प्रकाशित मितिः आइतवार, असार १, २०७६     5:00:43 PM  |

प्रतिक्रया दिनुहोस्