21 July 2019  |   आइतवार, साउन ५, २०७६

रामचन्द्र चन्द र समिक्षा बिसीको ‘तीन फुर्के डोरी’ (भिडियो सहित)

    | प्रकाशित मितिः सोमवार, असार २, २०७६  

काठमाडौं । लोकदोहोरी गायक रामचन्द्र चन्दको नयाँ लोकदोहोरी गीत ‘तीन फुर्के डोरी’ सार्वजनिक भएको छ।

गायक, सर्जक तथा निर्देशक हुम गैरेको लय/शब्द, कृष्ण भाञ्जाको संगीत संयोजन तथा श्यामश्वेत रसाइलीको मिक्सिङ् रहेको यो गीतमा गायक रामचन्द्र चन्दलाई महिला आवाजमा गायिका समिक्षा बिसीले साथ दिएकी छन् भने यस गीतको अडियो प्रिज्म रेकर्डिङ स्टुडियोमा तयार भएको हो।

चर्चित अनि लोकप्रिय निर्देशक तथा मोडल शंकर बिसीको निर्देशन, राजेश घिमिरेको छायांकन र नविन घर्तीमगरको सम्पादन रहेको यस गीतको म्युजिक भिडियोमा निर्देशक शंकर बिसी र चर्चित नायिका अनु शाहको अभिनय देख्न सकिन्छ।

कृष्ण फिल्म्सले निर्माण गरेको यो गीतको म्युजिक भिडियोलाई शैली क्रियशनको आधिकारिक युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ।

गायक रामचन्द्र चन्द, हुम गैरे लगायत यस गीतका सम्पूर्ण युनिटलाई हिमाली टाइम्स डटकमको तर्फबाट सफलताको शुभकामना।।

भिडियो हेर्नुहोस्:

प्रकाशित मितिः सोमवार, असार २, २०७६     7:18:43 AM  |

प्रतिक्रया दिनुहोस्