17 November 2019  |   आइतवार, मंसिर १, २०७६

हावाहुरी पीडितको घाउमा राहत बाडेर मलम लगाउदै राप्रविसं कैलाली

    | प्रकाशित मितिः मङ्लबार, असार ३, २०७६  

धनगढी । गत जेठ २३ गतेको भीषण हावाहुरीका कारण प्रभावित भएका पीडितहरुलाई राप्रपा निकट राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठन कैलालीले राहत हस्तान्तरणको अभियान थालेको छ ।

संगठनका जिल्ला अध्यक्ष अभिषेक लोक नाथका अनुसार धनगढी उपमहानगरपालिकाका विभिन्न स्थानका पीडितहरुलाई राहात बाड्ने काम भैरहेको छ । उनका अनुसार भीषण हावाहुरीका कारण घरबार विहिन भएका पीडितलाई घर निर्माणका लागि चाहिने आवस्यक सामाग्री तथा खाद्यान्न बाड्नेक्रम चलिरहेको छ ।

विभिन्न व्यक्ति ,सस्थाबाट संकलन गरिएको आर्थिक सहयोग बाट पीडितहरुलाई राहत बाड्ने काम भैरहेको अध्यक्ष नाथले बताए । हालसम्म  धनगढी उपमहानगरपालिका १२ जुगेडा,सी  गाउँ शान्ति टोल बस्ने एकल महिला धनि देबि. बि.कलाई घर निर्माण सामग्री तथा केही खाद्यान्न प्रदान गरिएको उनले बताए ।

यसैगरी धनगढी उपमहानगरपालिका वडा न. १५ झिनुवा गाउँ बस्ने  हावाहुरी पीडित ३ सन्तानकि आमा निर्मला ओझालाई समेत राहात बाडिएको छ । स्थानीय सरकारले समेत व्यवास्ता गरेपछि पीडितहरु झन समस्यामा परेको बताउदै आएका छ्न ।

पीडितहरुको घाउमा मलम लगाउने उदेश्यले यो कार्यलाई अभियानका रूपमा अगाडि बढाउने राप्रविसं धनगढी कैलालीले जनाएको छ ।

प्रकाशित मितिः मङ्लबार, असार ३, २०७६     2:36:54 PM  |

प्रतिक्रया दिनुहोस्