20 July 2019  |   शनिबार, साउन ४, २०७६

ग्रामीण क्षेत्रमा आयआर्जनको गतिलो काइदा,होमस्टेबाट फाइदा नै फाइदा !

    | प्रकाशित मितिः मङ्लबार, असार ३, २०७६  

इन्दु केसी,सुखड । पछिल्लो समय ग्रामिण क्षेत्रमा होमस्टेको प्रचलन बढ्दो छ । ब्यवस्थित होटल,लज नभएको स्थानमा होम स्टे एउटा राम्रो बिकल्प पनि हो । होम स्टेको छुट्टै बिषेषता छ । पाहुना सत्कार,सस्कृति झल्कने परम्परागत शैलि ,रहनसहन,बोलि भाषा होम स्टेमा पुगे नजिक बाट नियाल्न पाइन्छ ।

पर्यटन प्रवद्र्धन संगै आर्थिक रुपान्तरण गर्नमा पनि होमस्टे सफल भएको पाइन्छ । कैलालीको घोडाघोडी नगरपालिका वडा न ४ मा सञ्चालन भएको माघि होम स्टे पनि पर्यटन प्रबद्धन गर्न सफल भइरहेको छ । नेपाल पंक्षि संरक्षण संघ र चरा संरक्षण नेटवर्क कैलालीको सहयोगमा २०७१ साल श्रावण १० गते बाट माघि होमस्टे सञ्चालनमा आएको हो ।

स्थानियको सहभागिता बिना संरक्षण सम्भब नभएकाले संरक्षणमा स्थानियको सहभागीता  गराइ आय आर्जनमा टेवा पुर्याउनका लागि होमस्टे सञ्चालनको अवधारणा ल्याइएको चरा संरक्षण नेटवर्क कैलालीका अध्यक्ष दयाराम चौधरीको भनाइ छ । १४ ओटा घरबाट सुरु गरिएको होमस्टे हाल एक घरमा थप गरि १५ घरमा सञ्चालन भइरहेका छन ।

घोडाघोडी ताल क्षेत्र संगै जोडिएको माघि होमस्टे पुगे थारु परम्परागत नाच, खाना, बास बस्न संगै लोपोन्मुख, आगन्तुक  तथा रैथाने चराहरु समेत अवलोकन गर्न पाइन्छ ।

पर्यटनको दृष्टिले महत्वपुर्ण मानिएको घोडाघोडी ताल संगै जोडिएकाले पनि माघि होम स्टेमा पर्यटकहरु आउने गर्दछन ।

चालु आर्थिक बर्षमा माघि होम स्टेमा धेरै जसो बिद्यार्थिहरु अवलोकनमा आएको होमस्टे सञ्चालक जानकि  चौधरीले बताइन । उनले भनिन, “पर्यटकहरु आउने गर्दछन यस बर्ष बिद्यार्थिहरु धेरै आए ।” पर्यटकहरु आइरहने भए पनि उचित ब्यवस्था नहुदा सेवा सुबिधा दिन नसकेको अर्कि हकीस्टे सञ्चालक गुलिया चौधरीले बताइन ।

चालु आर्थिक बर्षको हाल सम्म १ हजार ५ सय को हाराहारिमा पर्यटकहरु भित्रिएको माघि होम स्टे सञ्चालक समितिका ब्यवस्थापक महेश चौधरीले जानकारी दिए । गत आर्थिक बर्ष भन्दा चालु आर्थिक बर्षमा बाह्य पर्यटकको संख्या घटेको चौधरीले जानकारी दिए ।

माघि होमस्टे ब्यवस्थापनका लागी स्थानिय तह लगायत सरकारी तवरबाट पनि सहयोग भइरहेको छ । होमस्टेको ब्यवस्थापनका लागी अहिले शौचालय, नुहाउने  बयवस्था सहितको नया घर निर्माण भइरहेका छन । होम स्टेलाइ ब्यवस्थापनका लागि सरकारले २५ लाख रकम प्रदान गरेको होम स्टे सञ्चालक समितिका अध्यक्ष शोभाराम चौधरीले जानकारी दिए । उनले भने, “भवन निर्माण,सरसफाइ,बृक्षारोपण लगायतका बिभिन्न शिर्षकमा रकम आएको छ ,अहिले भवन निर्माणको क्रममा छौ अन्य काम भदौ महिना देखि सुरु गर्छौ ।”

होम स्टेको कार्यालय तथा सभाहल रंग रोगनका लागी गत आर्थिक बर्षमा घोडाघोडी नगरपालिकाले ५ लाख  रकम बिनियोजन गरेको बताउदै अध्यक्ष चौधरीले भने, चालु आर्थिक बर्षमा रकम बिनियोजन  गरीएन । होमस्टेमा पर्यटकहरु भित्रिरहे पनि सबैभन्दा मुख्य समस्याको रुपमा भने बिद्युत रहेको अध्यक्ष चौधरीले बताएका छन । उनले भने, “टाढा टाढा बाट पर्यटकहरु त आउछन तर बिजुली नहुदा बास बस्दैनन ।”उचित ब्यवस्थापन नहुदा बाह्य पर्यटकको संख्या पनि घटेको अधयक्ष चौधरी बताए ।

घोडाघोडी क्षेत्रको पर्यटन प्रबद्धनमा पनि माघि होमस्टेले महत्वपुर्ण भुमिका निर्बाह गर्ने गरेको वडा न ४ का अध्यक्ष टेक बुढाको भनाइ छ । होम स्टेको ब्यवस्थापनका लागी चालु आर्थिक बर्षमा सहयेग गर्न नसके पनि आउदो अर्थिक बर्षमा वडा का तर्फ बाट सहयोग गर्ने उनले बताएका छन  । वडाध्यक्ष बुढाले बिजुलिको निकै समस्या भएको वडा न ४ मा छिट्टै नै बिद्युत बिस्तार गरिने बताएका छन ।

प्रकाशित मितिः मङ्लबार, असार ३, २०७६     7:18:21 PM  |

प्रतिक्रया दिनुहोस्