26 May 2020  |   बुधबार, जेष्ठ १४, २०७७

धर्मनिरपेक्षता,संघीयता र गणतन्त्रको विकल्प खोज्ने बेला भैसक्यो: कमल थापा

    | प्रकाशित मितिः आइतवार, असार ८, २०७६  

काठमाडौ । राष्ट्रिय प्रजातन्त्र पार्टीले ओली नेतृत्वको कम्युनिस्ट सरकार सर्बसत्तावादतर्फ लागेको आरोप लगाएको छ । पार्टी केन्द्रीय कार्य समितिको विस्तारित वैठकले गरेका निर्णय सार्बजनिक गर्न आइतबार राजधानीमा आयोजना गरेको पत्रकार सम्मेलनमा राप्रपा अध्यक्ष कमल थापाले बर्तमान सरकार दम्भका साथ अघि बढेको आरोप लगाए ।

अध्यक्ष थापाले मुलुकमा व्याप्त भ्रष्टाचार ,अपराध ,महङ्गी र हत्या तथा बलात्कारका दोषीलाई कार्बाहि गर्नुको सट्टा उल्टै दम्भका साथ अघि बढिरहेको टिप्पणी गरे । सरकारले जनतालाई आशाभन्दा बढी निराशा मात्रै दिएको भन्दै अध्यक्ष थापाले अब नेपाली जनताले गम्भीरताका साथ सोच्ने बेला आएको बताए ।

अध्यक्ष थापाले विप्लव देखि राजासम्म एउटै ठाउमा अट्नेगरी अघि बढ्न आवस्यक भएको बताए । उनले भने- कसैले कसैलाई काखा र कसैलाई पाखा लगाउदा र बन्देज गर्दा मुलुक अघि बढ्न सक्दैन त्यसैले सबैका बिचार सबैका सिधाान्तलाई समेटिनु अहिलेको आवस्यकता हो ।

अध्यक्ष थापाले राजनीतिक दल र नेताहरूको प्रवितिका कारण जनता आजित भएको बताउदै अब घर्म निरपेक्ष ,संघीयता र गणतन्त्रको विकल्प खोज्ने बेला आइसकेको बताए । उनले मुलुकको धार्मिक स्वतन्त्रता ,र सास्कृतिक पहिचान माथी आच आउने कुनै पनि कुरा आफुलाई मान्य नहुने बताए । पछिल्लो समय सदियौ देखिको सामाजिक सद्भाव,धार्मिक तथा साकृतिक पहिचान मेट्न सरकार स्वयम् लागिपरेको उनले टिप्पणी समेत गरे ।

उनले राष्ट्र ,राष्ट्रियता र राष्ट्रिय स्वाधीनताका लागि आगामी भदौदेखी स्वाभिमान यात्रा संचालन गर्न बाकी रहेका जिल्लामा गरिने जानकारी पनि दिए । उनले राष्ट्रभक्त सबैलाई एकै ठाउँमा उभ्याउन समान बिचार र सिद्धान्त बोकेका पार्टीबीच एकताको प्रयास पनि कायम रहेको उल्लेख गरे ।

राप्रपाले उठाउदौ आएका र सरकार सामु पेस गरेका २२ बुदे मागका सवालमा पहिलो चरणको बार्ता सकिएको र अब दोस्रो चरणको बार्तामा ती माग सम्बोधन नभए जनसंघषका कार्यक्रम गरिने बताए ।

प्रकाशित मितिः आइतवार, असार ८, २०७६     2:12:19 PM  |

प्रतिक्रया दिनुहोस्