30 May 2020  |   शनिबार, जेष्ठ १७, २०७७

अब भारत जान नेपालीलाई भिसा अनिवार्य !

    | प्रकाशित मितिः आइतवार, असार ८, २०७६  

काठमाडौ । भारत जान नेपालीका लागिपनि अब भिसा आवश्यक पर्ने भएको छ । भारतस्थित नेपाली दूतावासले एक सूचना जारी गर्दै चीन, मकाउ, हङकङ र पाकिस्तानबाट भारत जाने नेपालीहरुका लागि भारतको भिसा आवश्‍यक पर्ने सूचना जारी गरेको हो ।

चीन, मकाउ, हङकङ र पाकिस्तानबाट भारत प्रवेश गर्ने नेपालीहरुका लागि भारतको भिसा आवश्‍यक पर्ने जानकारी प्राप्त भएकोले सोही बमोजिम भिसा अनिवार्य हुने भएको हो ।

त्यस्तै यसअघि वैशाख अन्तिमा एक सूचना जारी गर्दै भारत हुँदै तेस्रो मुलुक जाने नेपाली नागरिकका लागि अनिवार्य रूपमा नेपाली दूतावासको नो अब्जेकसन वा सिफारिस पत्र आवश्यक पर्ने जनाएको थियो । भारतीय अध्यागमन पार गरेर तेस्रो मुलुक जानु पर्ने नेपाली नागरिकहरूका लागि दूतावासको सिफारिस पत्र आवश्यक पर्छ ।

नयाँ दिल्लीस्थित नेपाली दूतावासका अनुसार साउदी अरेबिया, कुवेत, ओमान, बहराइन, कतार, कुवेत, यूएई, मलेसिया र लेबनान जान परेमा नो अब्जेकसन वा सिफारिस पत्र आवश्‍यक पर्ने भएको हो ।

यसअघि भारतको बाटो हुँदै अवैध रूपमा वैदेशिक रोजगारीमा जाने क्रम बढेपछि नेपाल सरकारले मन्त्रीस्तरीय निर्णय गरेर नेपालीलाई भारतीय अध्यागमबाट जान रोक लगाएको थियो ।

प्रकाशित मितिः आइतवार, असार ८, २०७६     4:55:40 PM  |

प्रतिक्रया दिनुहोस्