18 July 2019  |   बिहिबार, साउन २, २०७६

राजनीति होइन राज्यनीति खोजौ, राजसंस्थामा निहित जनताको शासन र निर्दलिय व्यवस्था रोजौ !

    | प्रकाशित मितिः सोमवार, असार ९, २०७६  

मनोज पराजुली
राजनीतिक दल र बहुदलले हामीलाई शुन्यभन्दा पनि मुनी झारे । अब राजनीति हैन राज्यनीति खोज्ने बेला आयो । शाह वशिय राजाहरुले मात्रै राष्ट्र, राष्ट्रियता, अखंडता, सामाजिक एकता, धर्म र संस्कृतिको जगेर्ना गरेको हो रहेछ भन्ने कुरो आज कसैले पनि अस्विकार गर्न सक्दैन सिवाय केही जातिय बिखण्डनको कुरो गर्ने विदेशीका खेताला र राजनैतिक स्वार्थ बोकेका विदेशीका एजेण्ट बाहेक।

बितेका तीन दशक नेपालमा शाह बंशको खासै पकड नरही देशको शासन व्यवस्था चल्यो । एक अर्थमा जनताकै शासन व्यवस्था भनिएको थियो तर यथार्थमा विदेशीको ईशारामा नेपाली “नाम” धारीले चलाएको पनि प्रष्ट भयो।

प्रजातन्त्रदेखि गणतन्त्र सङ्गै अहिले लोकतन्त्रसम्म आउँदा देश दशकौ पछि मात्रै धकेलिएन । पूर्णरुपमा परनीर्भी, विखण्डित, गरिव, अशिक्षित, अश्वस्थ र बेरोजगारपुर्ण भयो। देशको जमिन मात्रै हैन, भावना र एकता पनि “प्लटिङ्ग” भयो। कृषि प्रधान देश “बाँझो” भयो भने, खोला-नाला पराइ भए । चुरेदेखि जडिबुटीसम्म बेचियो भने राजनैतीक संस्कृति भ्रष्टाचार मय भयो। कानून र न्याय मारियो, जनता असुरक्षित भए । युवाजती विदेशमा बेचिए । एक होइन,दुई होइन लाखौं युवाहरुको शक्ति बेचियो ।

स्वदेशमा समेत छोरीचेली,महिला, नाबालिकहरु बलात्‍कृत हुन थाले । देशकै राजधानी काठमाडौंमा मात्रै २ महिनामा २९ जना बलात्‍कृत भएको तथ्यांक आयो भने १ बर्षमा ४४००। सरकार जताततै छ भन्ने डिंङ्ग हाक्ने यो देशका प्रधानमन्त्रीले देशलाई अधोगतीमा धकेल्न कुनै कसर बाँकी नरहेको आज सबैले स्वीकार गर्नै पर्छ।

यतिमात्र होइन ,जनता सुरक्षित रहेनन भने शिक्षा समेत बेचियो। त्यसैले, अबको परिवर्तन “राजसंस्था” मा निहित इमान्दार जनताको शासन, निर्दलिय व्यवस्था मात्रै हो। सर्भे र सम्भावनाको भाषणले देश बन्दौ बन्दैन। देश बनाउन इमान चाहिन्छ, जुन आजको परीप्रेक्षमा कसैसङ्ग देखिएन।

नेपाली माटो आज आएर चिरा पर्यो, नेपाली मन आज फाटेको छ। गुठी विधेयकको विरोध सभाले पनि देखायो । अहिले सुरु हुँदै गरेका अभियानले पनि देखाउदै छ कि अब देश कसैको हिसाबले चल्ने छैन, कसैले कसैलाई गन्ने छैन । किनकी सबै छाडा भए । सबैलाई शक्ति र सम्पति मात्रै चाहिएको हो । चाहे त्यो विदेशीको “हली” भएर होस् या विदेशीको “गुलाम” भएर नै किन न होस्।

भाषा, भेष, माटो, धर्म-संस्कृति , राष्ट्रिय झन्डा र स्वाभिमान बेचेर नै किन नहोस्। त्यसैले, अब राजा आउनै पर्छ । यो देशको माटो र स्वाभिमान का निम्ति राजतन्त्र फेरि फर्किन आवस्यक छ । राजा, राजपरिवार, राजसंस्थाको महत्व आज आएर नेपाली जनता भनाउदो ले बुझेनन । अब एक चोटि बुझाउन जरुरी छ ।
तर त्यो कुनै पनि राजनैतिक धरातल बाट, वैदेशिक सहयोग बाट राजसंस्था ब्युंतिएर हैन, इमान्दार जनताको बलबुतामा आउनपर्छ ।

राजाको प्रत्यक्ष शासन नेपालमा अपरिहार्य भयो । बाहिरी शक्तिको माध्यमबाट राजा नआउने कन्फर्म भयो किनकी राजाले स्ट्याण्ड लिईसकेको बुझियो। भित्री शक्ति (राजावादी या आफुलाई राष्ट्रवादी भन्न् रुचाउने हुक्के, मुक्के, चप्पले, छाते, राजासा’ब भनाउदा इत्यादी) को भरमा राजसंस्था मरीगए पनि आउँदैन । किनकी यिनिहरुको व्यक्तिगत अहम र राजासा’ब प्रवृत्तिलाई कोइ पनि जोडीन खोज्दैनन या जोडीन चाहदैनन।

नेपालकै राजनैतीक दलहरुको भरमा आउने हो भने, तिनिहरुलाई राजाले विश्वाश गर्ने प्रश्न नै आउँदैन किनकी तिनिहरु सबै विदेशीका “गोठाला” हुन । त्यसैले, राजसंस्था पुनर्स्थापनाको लागि एउटै उपाय छ। जनता! र जनता जाग्न कम्सेकम ३०० भड्वा, भ्रष्ट र अपराधीको च्यान खन्नै पर्छ ।
कम्सेकम ३ लाख नेपाली (भनाउदा) लाई सडकमा ल्याउन जरुरी छ । तिनिहरुलाई भिख माग्ने पनि स्थिती मा न छोड्ने हो भने मात्रै नेपालमा “सिस्टम” आउछ र राजसंस्था पनि सदा-सदा को लागि रहीरहनेछ! अहम, जस, पद र शक्तीको राजनीति गर्ने प्रवृत्ति ले राष्ट्र, राजसंस्था र धर्म नै सक्ने भयो। त्यसैले जनता अब जाग्नैपर्छ ।

प्रकाशित मितिः सोमवार, असार ९, २०७६     11:31:02 AM  |

प्रतिक्रया दिनुहोस्