22 September 2019  |   आइतवार, अशोज ५, २०७६

एसईई परीक्षाको नतिजा असार १४ भित्र

    | प्रकाशित मितिः मङ्लबार, असार १०, २०७६  

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १०(एसईई)को नतिजा यसै साताभित्र प्रकाशन गर्ने तयारी भएको बताएको छ । बोर्डले नतिजा प्रकाशनको लागि आवश्यक तयारी अन्तिम चरणमा  रहेको भन्दै यहि असार १४ गतेभित्र नतिजा प्रकाशित गर्ने जनाएको छ ।

२०७५ सालको एसईई परीक्षा गत चैत १० गतेबाट सुरु भएको थियो । संघीय संरचनाअनुसार पहिलो पटक भएको परीक्षामा देशभरबाट ४ लाख ७५ हजारभन्दा बढी परीक्षार्थी सहभागी भएका थिए ।

तीमध्ये दुई लाख ३६ हजार ४४५ छात्र र दुई लाख ३८ हजार ५५८ छात्रा परीक्षार्थी छन् ।

प्रकाशित मितिः मङ्लबार, असार १०, २०७६     3:28:25 PM  |

प्रतिक्रया दिनुहोस्