10 December 2019  |   मङ्लबार, मंसिर २४, २०७६

कृषि तथा पशुसेवा शाखाको ३८ प्रतिशत रकम फ्रिज हुने अवस्थामा

    | प्रकाशित मितिः मङ्लबार, असार १०, २०७६  

इन्दु केसी सुखड । कैलालीको घोडाघोडी नगरपालिकामा कृषि तथा पशु सेवा शाखाको ३८ प्रतिशत रकम फ्रिज हुने अवस्थामा रहेको छ । चालु आर्थिक बर्षको कृषि शाखामा बिनियोजित रकम मध्य ७० प्रतिशत कार्य सम्पन्न हुने अवस्थामा छ भने ३० प्रतिशत रकम फ्रिज हुने अवस्थामा रहेको शाखा प्रमुख चक्र बहादुर भाटले जानकारी दिए ।

घोडाघोडी नगरपालिकाले कृषिमा १ करोड ५० लाख रकम बिनियोजन गरेको थियो । जसमा कृषहरुलाइ च्याउ,बेसार, धान,गहुको बिउ बितरण,साना सिचाइ,माटो परिक्षण शिबिर,कृषक पाठशाला सञ्चालन,लगायतका कार्य सम्पन्न  हुने अवस्थामा रहेका छन भने कतिपय योजना समपन्न भइसकेका छन । त्यसैगरी केरा,फलफुलका बोट बितरण का साथै मत्स्य पोखरी निर्माण को कार्य सुरुवातमा रहेको शाखा प्रमुख भाटले जानकारी दिएका छन ।

कृषि शाखाका लागि बिनियोजित गरिएको रकम मध्य ३० प्रतिशत रकम फ्रिज हुने अवस्थामा पुग्नुको मुख्य कारण भने जनशक्तिको अभाव रहेको शाखा प्रमुख भाटको भनाइ छ । कृषि शाखामा दरबन्दि अनुसार ४ जना कर्मचारि हुनुपर्नेमा घोडाघोडी नगरपालिकामा २ जना मात्रै कर्मचारि रहेकाले काम काजमा समस्या भएको छ ।

कर्मचारिको अभाब झेल्दै आएको घोडाघोडी नगरपालिकामा पशु सेवा शाखामा पनि कर्मचारिको अभाब छ । दरबन्दि अनुसारको कर्मचारि नहुदा एक्लै शाखा सञ्चालन गरिरहेको पशु प्राबिधिक छत्रा न्युरेले बताइन । शाखामा दरबन्दि अनुसार ६ जना कर्मचारि हुनुपर्नेमा अहिले घोडाघोडी नगरपालिकामा एक जना कर्मचारिले मात्रै शाखा सञ्चालन गरिरहेका छन ।

घोडाघोडी नरपालिकाको पशु सेवा शाखामा पनि ८ प्रतशत रकम फ्रिज हुने अवस्थामा रहेको छ । बिनियोजित गरिएको रकम मध्य नश्ल सुधार,आयआर्जन,पशु उपचार,नर्सरी स्थापना,जन चेतना मुलक कार्यक्रम,लगायतका कार्यहरु सम्पन्न गरेको चालु आर्थिक बर्षमा पशु सेवा शाखाका लागिनगरपालिकाले बिनियोजित गरेको रकम मध्य ८ प्रतिशत रकम फ्रिज हुने अवस्थामा रहेको पशु प्राबिधिक  न्युरेले जानकारी दिइन ।

नगरपालिले पशु सेवा शाखामा लागि ३४ लाख ४५ हजार बजेट बिनियोजन गरेको थियो । जन शक्तिको अभाव हुदा पनि धेरै काम सम्पन्न गरिसकेको बताउदै न्युरेले भनिन,जनशक्ति नहुदा काम गर्न निकै समस्या पर्छ । फिल्ड र अफिस दुबै गर्दा कार्य सम्पादनमा निकै समस्या हुने गरेको न्युरेको भनाइ छ ।

प्रकाशित मितिः मङ्लबार, असार १०, २०७६     9:41:42 PM  |

प्रतिक्रया दिनुहोस्