18 July 2019  |   बिहिबार, साउन २, २०७६

कथा:ठेडी

    | प्रकाशित मितिः शनिबार, असार १४, २०७६  

एक १     

ए सरुनी यता आइजा त? आजकाल के भा छ यो केटीलाई बोलाको सुन्ने नै होइन ?तेरा कान फुटेकी क्या? बैंसले अनमत्त भा छे !

हरियो पटुकी माथि च्यातिएको चोली र छिटको गुन्यु लाएकी कान्छी दिदीले छोरी सरुनीलाई चिच्याउदै बोलाउछीन सरुनी हो!! सरुनी!!! ह्याआ त मर !कति चिच्याउनु ?

सरुनी मुस्कुराउदै बुइगल बाट तल झर्छे । कति गाली गर्छयौ के आमा!तिम्रा गाली लाग्ने भा त म उहिल्यै मरिजान्थे।गाली पनि खप्नु पर्छ सरुनी,तेरि सासू ले यस्तै गाली गरिन भने पनि पचाउन सक्ने हुनुपर्छ,बुझिस ? कस्ति सासू पर्ने हुन यस्ती कि ?? रङ्ग न ढ्ङ्ग कि छे,मान्छे मात्रै राम्री भएर क्या अर्ने होर?

गुनगुनाउछिन कान्छी दिदी …….

ठुला कैला आँखा, पातली, ठिक्क  परेको नाक गोरि,लामो कपालको चुल्ठी,आखीभुइँ को बिचमा कालो टिकि,निलो कुर्ता,सेतो सलवार र सेतो सलमा साच्चै सरुनी सुन्दर देखिन्थी। स्कुल जान तयारी थिई,सरुनी ।

कान्छि दिदि एकोहोरो  छोरीलाई हेरिरहन्छिन,ए आमै के हेरेको त्यसरी ?दुब्लाएर हाड र छाला मात्रै भो  तेरो शरीर अलि खाएर मासु लगा जिउमा अनि राम्री देखिन्छेस। हया ! हुन्देउ आमै हिरोनिहरु यस्तै दुब्ली त हुन्छ्न, तिमीपनि सधै मोटा भन्छ्यौ?

अलिकती खाएर जा सरुनी । त्यो रोटा पनि झोलौन हाल।
माछाको अचार छ, रोटी खोल्सा भित्र हालेस ! खान्न के आमा कति कर गर्छौ ? बिहान बासी रोटो खाको त होनि ,यहि हालिछौ लिएर जान्छु।

बिहानको आठ बजेको हुँदो हो,सरुनी घरबाट खुत्रुक्क तलतिर लाग्छे। बाटैमा साथी रिमाको घर पर्छ,ए! रिमा!! रिमा भन्दै चिच्याउछे ।
….ए रिमा तयार भैस नि छिटो हिड अब ढिला हुन्छ नत्र त्यो माने सर कम्ताको छ अलिकती ढिला भए मुर्गा गराउछ। होनि त्यो सर त मनै पर्दैन मलाई भन्दै रिमा घरबाट तल झर्छे। अनि दुबै स्कुलको बाटो लाग्छ्न।

पाँच कक्षा सम्म घर नजिकै स्कुल भएपनि ६ कक्षाबाट उनीहरु  माध्यामिक तहको स्कुल जान्छ्न,जो घरदेखि दुइघन्टा हिडेर मात्र पुगिन्छ।

मूलबाटो पुग्दा गाउँका सबैजम्मा भै सकेका हुन्छ्न । कम्तीमा पनि ६ देखि १० सम्म पढ्नेहरु गन्ने हो भने २० जना जति हुन्छन । पारी गाउँबाट आउने पनि त्यहीँ ढलेको सल्ला नीर जम्मा हुन्छन र त्यहाँबाट सबै लामो लर्को बनाएर स्कुल लाग्छन।

ए !! सरुनी हेर्न तेरो त कस्ले पुच्छर बनाईदिएछ?
पारी गाउँको रामे ले सरुनी नजिकै गएर भन्छ। सरुनी फरक्क फर्केर पछाडि हात लैजान्छे र ठुला ठुला
आँखा तरदै गाली गर्छे ।

कैका हात हरिया ssss बाँसले बान्नेहुन !
अरुलाई यसै जिस्काउने???पु उउउउउउ गरेर दम्स्य्याउन हुने,भन्दै कागजको पुच्छर तान्छे र च्यात्छे। अनि सबै जना पेट मिचिमिची हाँस्छन,हर्के ले प्वाक बोल्छ हेर सरुनी त्यहीँ  रामेको काम हो यो !

रामेतिर फर्केर सरुनी गाली गर्न थाल्छे । रामे केही नबोली मुसुमुसु हाँसिरहन्छ । सरुनी ले जति गाली गरे नि रामेलाई राम्रै लाग्थ्यो,मन जो पराउथ्यो उसलाई । हुनत सरुनीलाई मन पराउनेहरु थुप्रै थिए । त्यही भिडमा रामे पनि एक  थियो।

यस्तै रमाइलो गदै दुई घन्टाको बाटो काटिएको पनि पत्तै पाउदैन थिए केटाकेटिहरु !

स्कुल जान्थे तर थकाईले चुर उनिहरु कहिले निन्द्रा ले झुलेर चोट खान्थे त कहिले साथी साथी जिस्केर गाली खान्थे शिक्षकको हातबाट।

आज क्लासमा अन्तिम घन्टी सर ले इतिहास पढाउदै हुनुहुन्थ्यो । सरुनी झुलेर झन्डै बेन्च बाट खसिन सबै हास्न थाले । इतिहास पढाउने सर ले थाह पाईहाले,सरुनी लाई उठाएर उठबस गर्न लाए,सबैको अगाडि यसरी उठबस गर्दा सरुनी लाजले रातो भएकी थिई।उसका गाला गुलाबी रङ्गमा रङ्गिएका थिए।

यस्तै हाँसो खुशी सङ्ग सरुनी को जिन्दगी चलिरहएथ्यो । थोरै पढाइ को तनाब,थोरै साथिभाई सङ्गको मस्ती रमाइलै चलिरहेथ्यो जिन्दगी ।

यसो हुदाहुदै एस.एल.सि दिने दिन नजिकिदै थियो।
बैँसले छुन लागेको थियो उसलाई । थोरै कसैले केही कुरा गर्यो कि खित्का छाडेर हाँसिदिन्थी,पल्टिपल्टी हाँस्ने गर्थी।

अब सरुनी एस.एल.सि दिएर घर बस्न थाली,रिमा र सरुनी दुबै गोठाला मेलापात जाने गर्थे। शहरमा जस्तो फुर्सदमा कम्प्युटर,ल्याग्वेज सिक्ने भाग्य कहाँ थियो र? एक त पिछडिएको ठाउँ त्यो माथी गरिबी । न शहरमा कोही  आफ्ना मान्छे,फुर्सद मा गोठाला रोपाई जानू बाहेक अरु उपाय पनि त थिएन।

अब सरुनी का बिहेका कुरा आउन थाले घरमा । म बिहे गर्दिन आमै, बाबालाई भनिदेउ भनेर जिद्दी गर्थी । म पढ्ने हुँ ,मास्टर्नि भएर तिम्री छोरी यहि गाउँमा बस्छे,कतै जान्ने ।
हेर आमै टाढा त म पोइला जाँदै जान्न घुर्काउथी।
आफूभन्दा साना दुई भाइ छ्न तैले बिहे गरे हामिलाई पनि केही सुख हुनेथियो।

आमाका कुराले सरुनी निन्याउरो अनुहार लाउछे ।,र आँखाभरी आँसु बनाएर भन्छे आमै कति सस्ती भएछु म दुई भाइ यहि घरमा अटाउने मलाई भने नौडाडा कटाउने?

आज आमै खुशी देखिन्थिन,आज सरुनीलाई गोठाला पनि पठाईनिन, नुहाईधुवाई गर्न लाईन,सरुनी अलि राम्रा कपडा लाएर बस आज पारिगाउ बाट तलाई हेर्न आउन्या हुन,भन्दै आमा भित्र पसिन।

सरुनी टोलाईरहन्छे । कस्तो होला को होला?उसलाई हेर्न आउने मान्छे यस्तै सोचमा डुब्छे सरुनी। बिहे नगर्ने त भनेकै हुँ तर भाग्यमा जे लेखेको छ तेहि हुन्छ भन्छिन आमै,जे होला होला अब।

हुनत मेरै उमेरका धेरै जना पोइला पनि गै सके,आमै भन्छिन बुढी भए कसैले हेर्दैन। त्यो हेर्न आउने ले मन नपराए नि हुने, केही दिन त म आफ्नै घरमा बस्न पाउने थिए।

आ जे सुकै होस,नराम्री भनेर गयो भने पनि त लाजै हुन्छ,आज सम्म सबैले राम्री छेस तँ भन्छन तर खोइ,ऎना हेर्दा आफू लाई खासै राउरी नि लाग्दैन,किन भन्छन?

यस्तै सोच्दै कपाल दुई चुल्ठो बनाएर बाट्छे ,आँखा मा गाजल लाउछे,आखीभुइँका बिचमा कालो टिकि लाउछे।,
हरियो कुर्तासलवार लाएर सरुनी तल झर्छे,कान्छी दिदी फेरि उस्तै घोरिएर सरुनिलाई हेर्छिन,आsss आमै पनि फेरि हेर्न थालेउ भन्दै उता फर्किन्छे ।

कान्छी दिदि गहभरी आँसु बनाएर भन्छिन सरुनी त साह्रै राम्री छेस,आजकाल त मोटाईछेस पनि !खसी पालेर बेचे जस्तै गर्छेउ आमै म पनि तेहि खसी कै भाउ मा जान्या त हुँ जति राम्री भए पनि ।

सरुनीssssss, चिच्च्याउछिन कान्छी दिदी र सरुनीको
गालामा एक थप्पड  हान्छिन । दुबै आमा छोरी आङ्गालो मारेर रुन्छन,आँसु पुछ्दै सम्झाउछिन कान्छी दिदी । के गर्छेस त चलेको चलन छोरिहरुले धेरै दिन माईतीमा बस्नु हुन्न,कुरा काट्छन हुने नहुने कति सहेर बस्नु ? जस्तो भए पनि आफ्नो घर परिवार मिलाएर बस्न सक्ने छोरी हुनुपर्छ । आफ्नै सन्सार राम्रो बनाउनु पर्छ,जति नै राम्रो माईतीमा बनाए पनि दाजुभाई ले राम्रो गरिस दिदी भन्दैनन सरुनी।

साँझको समय डाँडाको सिरिरी बतास,आगनमा गुन्द्री,
गुन्द्री माथी पाखी बिछ्याइएको हुन्छ । केटा पक्षका आएर आगनमा बस्छन,चार जना आएका छन।सरुनी बार्दलीमा बसेर केटो कुन चाहिँ हो लुकेर हेर्छे तर चिन्दिने दुई अधबैंसे छन दुई केटा जस्ता छन,कुन चाहिँ होला?

खाना दिनेबेला सरुनी ले खाना दिन जान्छे,सबैले  बत्तिको मधुर उज्यालोमा सरुनिलाई हेर्छन।

गरिव परिवार भए पनि केटो पढाईमा राम्रो रहेछ,शहरमा क्यापस पढ्छ रे । उतै पढाउछ पनि । सरुनी ले यति बुझी पढाउछ पनि रे,मन मनै खुशी हुन्छे सरुनी ओहो मास्टर पो रैछ ,मलाई मन पर्छ मास्टर त,म पनि त मास्टर्नी हुने हो नि,
रातभर कुरा हुन्छ,के के हुन्छ सरुनी बेखबर हुन्छे ,केटो कुन चाहिँ रैछ अझै सरुनी अन्यौल मा छे,के ,के सोच्दै सरुनी भुसुक्कै निदाउछे।

सबै कुरा छिनियो रे बैशाखको ६ गते लगन पनि आयो रे बाहुन पनि सङ्गै आका रहेछन । अब तेरो पोइली गाउँ त्यै पारिको डाँडा गाउँ हुनेभयो सरुनी कान्छी दिदी मुसुक्कु मुस्कुराउछिन मानौ कुनै ठूलो बोझ टाउको बाट झरे झै ।
एक छिन त सरुनी छ्क्क पर्छे,ओहो आमैको मुस्कान कति मिठो? कति हल्का भए जस्तो?

सायद हामी छोरीहरु बाबुआमा को बोझ नै  रहेछौं ।
मनमनमा खल्लो लाग्छ उसलाई ! सरुनी sssssss भन्दै  चिच्याउछीन कान्छी दिदी ,यो लखि लाई सुस्तरी बोलाएर सुन्न्ने होइन,ह्य्या त आइज सरुनी !

सरुनी मैकैको सुलि नीर अडेसा लाएर उभिएकी छे नजिकै सर्छे,किन र के भो आमै? तेरो कानको प्वाल देखा त कत्रो छ? हेर अ.. अ  केही नलार ठेडी पनि फल्दिछेस त,अब गहना लाउनु पर्छ हेर,पर्खी है आमै बार्दलीमा  जान्छिन । ,र मकैको सुकेको ठेट्नो ल्याएर सरुनी को कानमा ठेल्छिन ,ऎया !! दुख्यो के आमै भो लाउदिन म गहना,भन्दै कराउछे । पख न सरुनी ,खबर आको थियो,मडौरी,ढुङ्री र तिलहरी बनाईदेका छन रे,त्यसैले प्वाल सानो भए बिहेमा गहना लाउन गाह्रो हुन्छ,हेर यो ठेडी बिस्तारै फुलिदै जान्छ।

आज भन्दा भोलि झन ठूलो हुन्छ,दुखे पनि सहनु पर्छ,नफालेस है! कति राम्री देखिन्छेस होला,पुर्ने को जून झै देखिन्छे मेरि सरुनी गहना लाउदा त ,पहेलो अनुहारमा पहेलो गहना आहै कति सुहाउने हो।

मन मनै सरुनी पनि दङ्ग पर्छे। गहना सम्झेर,साच्चै म कति राम्री हुँला त्यो गहना लाउदा,साथिहरुले कति हेर्न खोज्लान। नयाँ ठाउँ नयाँ मान्छेहरुले पनि राम्री भन्लान!
आमै ले दुइटै कानको चार ठाउँमा ठेडी घुसारिसकिछिन,सरुनी लाई दुखेको पत्तै भएन।

सरुनी पनि खुशी देखिन्छे,मास्टर्नी हुन पाउने,गहना लाउन पाउने,दुलही कपडमा कस्ती देखिन्छु होला??

आखिर १६ बर्स त भई नि सरुनी यस्तै लाउन, खान रमाउन त मन हुन्छ नि त्यो बेला ,भबिस्य कस्ले पो सोचेको हुन्छ र ?सोच्न सक्ने दिमाग पनि त  हुदैन । यस्तै सस्कार र परिवेशमा हुर्किएपछी ,नयाँ लुगाले पनि लोभ्याउने रहेछ,गहनाले पनि खुशी ल्याईदिने रहेछ । अरु त अरु, अरुले देखाएको सपना पनि साच्चै र साँचो लाग्ने रहेछ।
आमैले देखाएको सपनामा सरुनी खुशी देखिन्छे आजभोलि……

रातभर कान चड्किएर दुख्छ,तर सरुनी ले ठेडी निकाल्दैने।बिहान ऎना मा कान हेर्छे ,कान सुन्निएको हुन्छ तर दुखाई सहन्छे,बिस्तारै ठेडी फुल्लिदै जान्छ,उसको प्वाल ठूलो हुँदै जान्छ ।,तर कानको दुखाई बढ्दै जान्छ।

एक साँझ त सरुनी लाई रात भर ज्वरो आउँछ,कान बेसरी दुख्छ अह तर सरुनी गहना लाउने ,राम्री हुने आशामा आमैले देखाएको सपनामा हरेक दुखाई सहन्छे।

बिस्तारै ठेडी फुल्लिन छाड्छ,सरुनी को कानको प्वालहरु पनि ठुलो हुन्छ,आमैले काठेपाते लाईदिन्छिन,घाउ निको हुँदै जान्छ।

एक दिन सरुनी र रिमा,रिमाको घर मा थिए ,रिमाले आफ्नी आमै सङ्ग भन्छे आमै बा लाई भनेर रोपाईताका लाउने एउटो ब्लुज किनिदेउन??

आमै झनक्क गर्छिन र भन्छिन होइन है रिमे यसपाली रोपाई पनि यहीँ घरमा कटाउने विचार छ? तेरा सबै साथिको बिहे हुन थालिसक्यो त भने अझै हामीलाई सताएर बसिराख। खल्यौ बाट दाउरा तान्दै आमा भित्र पस्छिन !

रिमा टाउको निहुराउछे,सरुनी लाई खिन्न लाग्छ,हेर्न रिमे आमा त यसो भन्छिन अरुले त कसरी सहलान हामीलाई?

१६ बर्ष पनि कहालीलाग्दो हुदोरहेछ बाबू आमाका लागि छोरी ,कठै हामी छोरी भै कन किन जन्म्यौ होला?
हक जताएर यहि गाउँ यहीँ ठाउँमा बस्ने थियौ होला छोरा भए तर छोरी भै जन्मे पछि जानै पर्ने,कहाँ कहाँ ?
न घर न आफ्नो  पन,साच्चै कहाँ होला हाम्रो घर?

रिमा भन्छे तेरो त डाँडागाउँ मा हुने भैगो नि घर,मेरो पो अहिलेसम्म पत्ता छैन र हेपेका छ्न। सरुनी ओठ लेपारेर बोल्छे नकरा रिमे,त्यो त मास्टरको पो त घर मेरो होर?
जहाँ पोइ तेहि हाम्रो घर,मास्टर को घर जहाँ मास्टर्नी को पनि तेहि घर।रिमा हास्छे सरुनी मसक्क मस्किन्छे,मनमा मास्टर्नी शब्द नाँच्न थाल्छ,फेरि कता कता  हराउछे सरुनी ।

बैशाख ६ गते पनि आउँछ,सरुनी को बिहे रातभर जग्गेमा हुन्छ,नाँचगान पनि रातभर  चलिरहन्छ ,सरुनीलाई बिहे गरेको खेलेको झै लाग्छ,कहिले के भन्छ्न कहिले के ,
दुई जना को खेल खेलाउने मास्टर बाहुन हुन्छ्न । राम्रो सङ्ग केटालाई नदेखेकी सरुनी पछ्यौरी भित्र बाट चिहाएर हेर्छे, अग्लो गोरो,लामो नाक,बेलाबेला मुसुक्क मुस्कुराउने उ साँच्चै सुन्दर देख्छे सरुनी,बेलाबेला बाहुन ले हात छुन लाउथे,कहिले जुठो खुवाउन सरुनीलाई अलिअली लाज अनि रमाइलो दुबै लागिरहेको हुन्छ। कस्तो अर्कै महशुस भै रहेको छ आज सरुनीलाई,भिन्न भिन्न,आफैलाई  अर्कै लागेको छ कस्तो कस्तो,दङ्ग छे सरुनी आज।

दुई -२

बिहान को आठ बजेको हुँदो हो,बिहेको काम सकियो ,अब बिदाई बजा बजाउनु पर्छ भनेर कसैले आदेश दियो । सरुनी एक पल भुसुक्कै निदाईछे जग्गे मै! कानमा ट्वाङ्ग बजरिन्छ बिदाई बाजा भनेर झस्किन्छे ।,र आँखा मिच्दै उठ्छे,छेउ मै रिमा हुन्छे उठाएर भित्र कोठा मा लिन्छे । रिमा आइजान अब जाने बेल भयो मेरो अनुहार कस्तो देखिएको छ हेर त ! खोइ ले ..ले ..ऎना एकपटक हेर्छु ।

सानो ऎना मा आफू लाई निहाल्छे रातो सारी कानको माथिल्लो भागमा ढुङ्री ,तल मडौरी ,अनि गर्धन मा रातो पोतेमा लर्किएको तिलहरी साच्चै आज सधै भन्दा अच्चमै राम्री मान्छे आफूलाई ,रिमा एकोहोरो हेरिरहन्छे । ..तँ त साह्रै राम्री देख्याछेस सरुनी ,बरु जा एक पटक मुख धोइन आइजा भन्छे,सरुनी तल झर्छे पानीले मुख धुन्छे र कोठामा फर्किन्छे।

ठुला ठुला आँखा मा गाजल लाउछे तल निधारमा  रातो टीका लाउछे,लिपिस्टिक कहिले नलाए पनि हिजो देखि लाउन थालिछे। साच्चै सुन्दर र लोभलाग्दी देखिई सरुनी । सारी मिलाउछे पछ्यौरी  मिलएर तल झर्छे।

बाजा बज्न सुरु हुन्छ,एक्कासि आमै रुन्छिन । सरुनी झसङ्ग हुन्छे,बाजाको ताल एक्कासि फेरिएको हुन्छ,रिमे यो बाजा त तल काका मर्दा बजाएथे त? म  मरेको होर रिमे?,किन यसरी उल्टा बाजा बजाउदैछन । आँखाबाट बरबर आँसु झर्न थाल्छ सरुनी को,आमै किन उल्टा बाजा बजाया छन ??भन त आफैलाई छाम्छे उस्तै पाउछे,सपना होकि बिपना बुझ्दिन,।म जीउँदै छु नि आमै भन न म जिउँदै छु नि??

धेरै रोएको देखेर माइली दिदी ले भन्छिन,माइतीघर बाट पराई घर जाँदा मरे सरह नै हुन्छ्न छोरीहरु,सके गर्छ्न नसके फर्केर माइतीलाई मुख देखाउन आउनु हुदैन, यस्तै चलन हो सरुनि तँ मरेकी त छैनेस,जीउँदै छेस तर आजबाट माइतीको लागी मरे सरह भैस भनेर ब्याख्या गर्छिन !!

सरुनी झनै चिच्च्याउछे ,आमै बाबै मलाई मारेउ आजबाट भन्दै बाबा आमालाई अङालो हाल्छे,कान्छा दाइ मुटु ढ्क्क फुलाएर बसेका छन,केही नबोलेर,मुटुभरी आँसु जाम थियो सायद । केटा मान्छे रुनु हुन्न भन्ने छाप थियो उनलाई।
सरुनी ,आमै रिमा,भाईहरु सबै चिच्याउदै रुन्छन,बिस्तारै सरुनी लाई बोकेर डोलिमा चढाउछन !!

आजबाट पराई हुन्छ यो घर….

घर रहदैन माइती बन्न पुग्छ । कति अन्तर छ है घर अनि माइती ,माइती आफ्नै लाग्ने तर आफ्नो भन्न नमिल्ने ।आखिर किन होला?

सरुनी को डोली बिस्तारै देखिन हराउछ,अनि मात्र कान्छी दिदि डाँडाबाट घर फर्किन्छिन।

सरुनी बिहानै उठछे,घर सफाई देखि लिएर सबै काम गर्छे,सबैले माया गर्छ्न तैपनी कस्तो कस्तो नराम्रो लागिरहेको हुन्छ उसलाई।

भान्सामा काम गर्दै हुन्छे,मास्टर आइ पुग्छन ,मास्टरलाई देखेर सरुनी मस्किन्छे । मास्टर पनि मुस्कुराउछ, दुबै एक छिन कुरा गर्छन,आज उसलाई मास्टर झन धेरै सुन्दर लाग्छन।

एक हप्ता पछि मास्टर कि फुपू घरमा आउछिन,सरुनी आँगन बढार्दै हुन्छे । फुपूको आवाज सुन्छे अलि रुखो खालको,हेर्नुस दाजी दुइतिन दिन भनेर दिएको हो हप्ता कटिगो,आज त दिनुपर्छ । सरुनी का ससुरा बिस्तारै बोल्छ्न यति तिज सम्म त इज्जत धानिदे जेठि !!

झन जोरले कराउछिन हुन्न हुन्न दाजी आजै लिई आउनु भन्नू भया छ  हजुरका ज्वाईं ले ,अब तिज मा मलाई नि त लाउनु पर्यो।

सरुनी का हात गोडा लुला हुन्छन,सायद उसले लगाएको गहना उसको थिएन मागेर ल्याएको थियो उसले सहजै बुझ्छे,त्यो भलाकुसारी सुनेर।

आँगन सफा गरिसकेपछि ओटा तिर पस्छे जहाँ मास्टर र उसको बिछ्यौना रहेको हुन्छ,झ्यालको खोपी मा सानो ऎना हुन्छ,एक टक लाएर अनुहार हेर्छे । अनि आमैले लाईदिएको ठेडी सम्झीन्छे,यहि गहना लाउनलाई मेरि आमैले जबर्जस्ती यो ठेडी ठेलिदिएकी हुन । मैले त्यसरी दुख्दा पनि दुख नमानी ठेडी कानमा ठेलिरहें ,कस्तो अच्चम अरुलाई देखाउन लाई गहना मागेर पो मलाई भिराईदिएछन । रिमा भन्थी यो गहनामा त तँ पुर्ने को जून जस्तै देखिएकी छेस,के अब म अँध्यारो औशी झै देखिन्छु??यस्तै कुरा खेलाउदै ऎना हेरेर बस्छे।

बिस्तारै निकाल्न खोज्छे तर ठेडी भन्दा ठूलो रैछ मडौरी र ढुङ्री पनि ,बेस्सरी दुख्छ । आँखा बाट आँसु बरबर झर्न थाल्छन,निकालेरै  छोड्छे,कानका गहनाहरु।

फेरि ऎना हेर्छे सरुनी तँ त उस्तै छेस,यो गहनाले के नै पो राम्री देखिएकी छ्स र?भो पर्दैन यस्तै बुच्ची सरुनी राम्री छेस,आफैलाई सम्झाउछे । आमैले देखाएको सपना सम्झिन्छे, सरुनी तँ पुर्ने को जून जस्तै देखिन्छेस ,यिनी आमै पनि के के भन्थिन ,भो म लाए नि सरुनी , नलाए नि सरुनी नै त हुँ !

गहना लाउदा आमैले ठेडी चोली को पाकेटमा राखेको सम्झिन्छे,अनि पुनः तेहि ठेडी कोचारेर बस्छे।
आमैले म बुच्ची लाई देखिन भने के भन्लिन? माइत जानू पनि नपाइने पो हो कि ?? यस्तै सोच्दै …

गहनाभरी पोको पार्छे र ससुरा बालाई दिन्छे,लिनुस यो गहना अरुकै रहेछ,फुपू लाई पनि त गाह्रो होला,फुपाजु रिसाउनु होला दिनुस,म यसै बस्छु केही हुदैन।

आँखाभरी आँसु पारेर बुहारीलाई हेर्छ्न सरुनी को ससुरा अनि भन्छ्न,सरुनी ठेडी ठेलिराखेस कानमा अब तेरो पोइ ले कमाएर तलाई बनाईदिन्छ । पीर नगरेस,सासू नजिकै हुन्छिन केही बोल्दिनन,मास्टर पनि आईपुग्छ,बुच्ची सरुनी लाई हेरेर भन्छ सरुनी कस्ती बुच्ची देखिएकी त आमै?
सासू भन्छिन, अब तैले कमाएर सरुनी को ठेडी फाली सुनको गहना लाईदिनु पर्छ ।

यतिखेर सम्म सरुनी का आँखा डम्म भै सकेका थिए,मास्टर ले पनि बुच्ची देखिइ सरुनी भने,ऎना हेर्दा त म सरुनी झै थिए,यो गहना लाउनु भन्दा अगाडि पनि म सरुनी नै थिए,आज दुई दिन लगाएको गहनाले म बुच्ची सरुनी भएँ?

कस्तो अचम्म बरु न लाएकै बेस थियो नि यो अर्काको गहना ? मन मनै प्रश्न गर्छे।
सरुनी ले पीर मानी झै मान्छ मास्टर ले अनि भन्छ सरुनी चिन्ता नलि म बनाईदिउला कमाएर।
यति भनिसकेपछी सरुनी ढुक्क त भै तर माइती जान नपाईने पिरलो,आमैलाई के भन्ने,रिमालाई के भन्ने पिरलो ले सताईरहन्छ।
साह्रै ज्ञानी रैछ बुहारी त  दाइ भन्दै फुपू ले गहनाको पोको हातमा लिन्छिन।

दुईचार दिन गर्दा गर्दै मास्टर जाने दिन आउँछ,सरुनिलाई खल्लो लाग्छ,त्यो दिन बिहानै उठेर मास्टर का कपडा झोलामा मिलाएर राखिदिन्छे।खानापछि मास्टर शहरतिर को लागि हिड्छन।
सरुनीलाई आजको दिन अँध्यारो लाग्छ,आँखा दिनभर ओभाउदैन,ओसिरहन्छन,पुर्बको क्षितिज हेरेर,साँझमा मास्टर गएको बाटो हेरिरहन्छे सरुनी ।।

मास्टर गएको पनि ६/६ महिना भैईसकेको हुन्छ ।, तर कुनै खबर आउदैन।सरुनी सधै साँझपख गलैची को रुखनिर बसेर मास्टर आउदै गरेको कल्पना गर्छे । मास्टर ले भनेको कुरा सम्झिरहन्छे,पख सरुनी म कमाएर तलाई गहना बनाईदिउला,सोच्छे सायद कमाउदै होलान,त्यसैले ढिला गरे होला !!

आँगनका फाटेका डिलहरु मिलाउदै लिप्दै थिई सरुनी,हुलाकी काका आउछन,सरुनी हत्तपत्त हात धोएर चिठी लिन पुग्छे,मुटु ढुकढुक हुन्छ कतै मास्टर को हो कि ?
हुलाकी चिठी दिएर जान्छ्न। यसो हेर्छे बाहिर खाममा
पठाउने सरुने खडका पाउन्र सरुनी कटुवाल
ओहो बा को चिट्ठी रैछ । मेरो त जातै पो फेरिएछ नि बा ले पनि कटुवाल पो लेखेछन,कस्तो असजिलो जस्तो,खुशी जस्तो कस्तो कस्तो महशुस हुन्छ सरुनीलाई।

भित्र ओटामा पसेर सरुनी चिट्ठी पढ्न थाल्छे।
प्रिय् छोरी
सरुनी धेरै धेरै माया
आमाले धेरै नियास्रो मानेकी छ,यताको खबर पठाउन पनि पाइन मैले,तेरो जेठो भाइ राम्रै पढेको छ,कान्छो पनि तँलाई सम्झिन्छ । मिल्यो भने सम्धी सम्धिनी सङ्ग कुरा गरेर आउनु,हामी सबैलाई नियास्रो लागेको छ।तेता ज्वाईं ,सम्धी ,सम्धिनी सबैलाई सम्झना छ भनिदिनु।
अ एउटा कुरा तँ एस .एल.सि पास भैस! खबर गर्न पाईन।
उहीँ
बा सरुने खडका

आँखा भरिएर आउछ्न पटुकी को सप्को ले आँसु पुच्छे । तिमीहरु लाई मैले पनि धेरै सम्झेको छु बा,आमै तर के गर्नु कानमा ठेडी घुस्रीएको छ,ठेडी देखाउन कसरी आउँ र बा ।
तिम्रा ज्वाईं पनि छैनन।एक्लै बरबराउछे चुहिएका आँसु पटुकी को आँचलमा पोको पारे झै गाँठा पार्छे,अनि मन पनि गाँठा पारेर आँगन तिर ओर्लिन्छे।

लिप्दै हुन्छे आँसुहरु रातो माटो र पोतारी मा मिसिन्छन ।,एस.एल.सि पास भएको खबर मेरो लागि कति खुशी को हो तर बा तिमी ले कहिल्यै बुझिनौ।
अहिले आएर खबर पठायौ? बा सङ्ग थोरै गुनासो पोख्छे मन मन मा।

साँझ खाना खाने बेला चिट्ठी आएको कुरा पढेर सासू ससुरालाई सुनाउछे,ससुरा गम्भीर बन्छन,सासू चाहिँ प्वाक्क बोल्छिन काम को चटारोमा कहाँ अहिले पठाउनु र?

तीन    ३

सरुनी आज एक्लै बनमा गएकी छ,बिरह बिरहका भाका मा गीत गाउँ छे रानी बन पुरै थर्किन्छ!!
उँदो जाने मायालुलाई सम्झना सुनाईदे
हे चरी …….

तिम्रै पीर ले ज्यान सुकेर सिन्का झै भयो
फर्की आउ  मेरो मायालु………

मास्टर गएको पनि अब त २ बर्ष हुन्छ किन होला? केही खबर नगरेको सासू ससुरा पनि केही बोल्दैनन।
कि उहाँ हरुलाई खबर भै रहेको छ र?
आज त सोध्छु भन्ने दरिलो मन बनाउछे।
साँझमा सबै जना भान्सा मा वसेका हुन्छ्न सरुनी खाना हाल्दै हुन्छे, उसलाई सोध्न मन छ आज तर सकिरहेकी छैन!।

एकपल्ट ख्वाक खोज्छे अनि सासू तिर फर्केर हेर्छे,हजुरका छोरा को न चिट्ठी आउँछ,न खबर?हजुरहरुलाई केही खबर छ र?
सासू झर्केर बोल्छिन अब यो दशै मा आउला ,अस्ति पुरै चिट्ठी त पठाको थियो।
तँलाई पनि के गरेकी छ सोध्दै थियो?

सरुनी को मन अन्धकार हुन्छ खबर पाएर पनि मलाई किन केही नभनेका होलान यी बुढा बुढिले। रात छैन दिन भनेको छैन एक छिन नबसेर काम गरिरहेको छु,मास्टर को घर मास्टरकी स्वास्नी भएर तर तेहि निस्ठुरी लाई मेरो कुनै वास्ता छैन। थालमा दुई थोपा आँसु तप्प चुहिन्छन।उठेर ओटातिर लाग्छे।

घरी यो ताल घरी अर्को ताल रातभर त्यही निस्ठुरी मास्टर कै सम्झनामा ,कल्पनामा बिताउछे!
बिहानीको पहिलो प्रहर भाले बासेको थियो,सरुनी दियालो बालेर चोटा मा राख्छे र मास्टरलाई चिठी लेख्न थाल्छे …

प्रिय् मास्टरसाब
मुटु भरिको माया,
रात दिन मनैमा सम्झना लिएर बाच्न पनि त गाह्रो रैछ,
आशा पनि गरुँ कसरी कुनै भरोसाको एक झप्को नपाएपछि।मलाई यहि ठेडी ठिक छ म यसै राम्री छु भो मलाई गहना को लागि हजुर ले दुख अर्नु पर्दैन।
गहना कै लागि यतिका बर्ष लागेको हो भने हजुर आए पुग्छ।
त्यसपछि दुबै जना माइती जाउला,पोहोर बा ले चिट्ठी पठाएको थिए,मिल्यो भने आउनु तर त्यसपछी तेताको खबर पनि छैन।
उहीँ तपाईं कि सरुनी
डाँडा गाउँ

चिट्ठी गएको पनि एक महिना भयो कुनै उत्तर आएन हुलाकी लाई सधै सोध्छे तर टाउको हल्लाउछ्न हुलाकी काका।
हुलाकी आज हसिला देखिन्थे,उनी हँसिला देखेर सरुनी खुशी भै चिट्ठी आएको हो काका भन्दै गोबर सोर्दै गरेको हात लिएर काका नीर पुग्छे।
हो सरुनी पहिले हात त धो अनि लैजा चिठी भनेर आगनमा बस्छ्न हुलाकी ।
पानी ल्याएर दिन्छे हुलाकी काकालाई अनि चिट्ठी समतेर भित्र ओटातिर पस्छे।
चिट्ठी मा लेखिएको थियो

प्रिय् सरुनी
म तिम्रो दोषि हुँ । मलाई मारे पनि मार काटे पनि काट,मैले बा आमालाई त भनेकै हुँ शहरमा मैले अर्कै केटी मन पराएको छु ।, तर उहाँहरुले गाउँ कै एउटी केेेेटी बिहे गर अनि जे गरेनि गर्लास भन्नू भो। बा ले मर्छु भन्नू भयो ,त्यस्पछी मैले बिहे गरे । तिमीलाई भन्न नखोजेको पनि त होइन ।,तर मेरो आँट पनि आएन। म न आए पछि तिमी फर्किहाल्छौ सोचे मैले।

मैले बिहे गरेको पनि डेढ बर्ष भो एउटा छोरो छ, यहाँ यो कुरा बा आमालाई पनि थाह छ ।,तर खोइ किन भनेनन आजसम्म । मैले त सोचे तिमी फर्की हौली माइतीघरमा। तर अझै मेरै घरमा छ्यौ सुन्दा दुख लाग्यो।
सायद बा आमाले  तिम्रो कामको मायाले होला तिमीलाई केही नभनेका सक्छौ घर वस सक्दिनौ जाउ म केही भन्दिन सरुनी ।
उहीँ तिम्रो दोषी मास्टर

अन्धकार भो जताततै । हातमा समाएको चिट्ठी आँसुले
भिजेर निथ्रुक्कै भयो। सरुनी जोड्जोड्ले चिच्च्याउन चाहिँ तर चिच्च्याउन सकिन,शून्य भयो सारा संसार,हेरेको हेरेयै भइ ।
हुलाकी आएर झक्झक्यापछी झसङ्ग भइ ,सरुनी के भो बा ?खोइ खोइ ले चिट्ठी भनेर हुलाकी ले पढ्न थाले,हुलाकीका आँखामा पनि आँसु थाम्न सकेनन।
सरुनी के गर्छेस बा तेरो खुशी मा ग्रहण लाग्यो,अब फर्केर माइती जा।

सरुनी बल्ल चिच्चाई …..काका कसरी जाउ माईती मलाई उल्टा बाजा अनि श्रादे गरेर पठाएका हुन सके गर्नु नसके मर्नु तर दुखको गाना गाएर माइती न आउनु भनेर।
हामी  भन्छौ माइती
माइती भन्छन् किन आइथी ?
काका म के गरौं ? कहाँ जाउ? को छ र मेरो न माइती न घर?

आखिर कहाँ छ हामी दुखी को घर ? माइती ले भन्छन यो तेरो घर होइन ,पोइली भन्छन यो तेरो घर होइन ,अब भन्नुस हामी दुखीयारी को घर कहाँ छ??सर्बस्व  लोग्ने नै हो भनेर बस्छौं उसैले धोका दिदा अब यो घर कहाँ हाम्रो हुन्छ र??
मसानघाट बाहेक अन्त छैन हाम्रो घर।

रात दिन नभनेर यिनका बा ,आमा ,घर ,खेत सबै को ख्याल गरे यिनै कि श्रीमती भएर तर आज सबै नाता टुट्यो ।
म कस्को स्वास्नी भएर बसुँ? कस्को आशामा बसुँ ?
म कहाँ जाउ? म के गरौं काका? भन्नुस न काका !!

मेरो मनमा हजारौं कल्पना सजाएकी थिए मास्टर आउनेछन यो भन्नेछु, त्यो भन्ने छु,उनी सङ्ग नारानथान जात्रामा हात समातेर हिड्नेछु,म कति खुशी हुनेछु,आसै आशा मा यत्रो बर्स बितेछ काका ।

आज धर्ती भासिएको छ,आकाश खस्ला झै छ ।,बादल मडारिएको छ,जतासुकै अन्धकार छ ,काका म के गरुँ ,??
भन्नुस न ! अब यहाँ बस्दा पनि म बोक्सी हुनेछु,डन्किनी हुनेछु,यहि नाम दिनेछ यो समाजले एकल महिलालाई ।
सत्य यहीँ हो यो समाजको ।यस्तै हुँदै आएको छ।

माइती जाउ बाबू आमालाई म भार हुनेछु ,लास जस्तै गरुङ्गो हुनेछु म,म अब के गरुँ ?? एउटा मात्र अन्तिम  बिकल्प मेरो घर मसानघाट नै हुनेछ।

सरुनी यसरी बिलाप गरेको देखेर हुलाकी त्यहाँ बाट हिंड्न् सक्दैनन। भित्ता मा टाउको ठोकी ठोकी रुँदै थिई सरुनी ,एक्कासी उठ्छे काकाा तिर हेर्छे । काका सबै सपना देखाउने मेरि आमा अनि यहीँ ठेडी हो,भन्दै कानमा जकडिएर बसेका ठेडी रगाताम्य बनाउदै  निकाल्छे,पटुकी धरर च्यातेर सानो टुक्रा मा बाँध्छे।

भित्र खुस्सुक पस्छे, हातमा एउटा झोला बोकेर बाहिर निस्किन्छे।

यति खेर सम्म सासुससुरा आइसकेका हुन्छन।हुकाकी ले सबै बेलिबिस्तार लाईसकेका हुन्छन,सासू,ससुरा दुबै मौन छन,केही बोल्न सक्दैनन।
हुलाकी काका तिर फर्केर हेर्छे र भन्छे काका दुइचार दिन मात्र मलाई हजुरको घरमा छोरी सम्झेर बास दिनुहोस्  है।
काका टाउको हल्लाउछन।

ससुरा भन्छन नजा सरुनी हाम्रै गल्ती हो। यहि बस माइती गएर के गर्छ्स ? पटुकी बाट बाँधेको ठेडी झ्वाट्ट निकाल्छे र भन्छे,म यो ठेडी को कसम खाएर आज एउटा प्रण गर्छु  बुबा, म माइती पनि जाँदिन र यो घरमा  पनि बस्दिन । म मास्टर्नी भएर म जस्तै अरु दुखियारी नहुन भनेर शिक्षा दिनेछु,कोहि ठेडी मा बल्झेर म जस्तै दुख नपाउन,राम्रो लाउने खाने एक्छिन को भ्रममा अरुले देखाएको आशामा आफुलाई सजाउने होइन रहेछ ।

आफै मजबुत भएर खान सक्नु पर्ने रहेछ ,आमै को सपना बाबाको जिम्मेवारी कम गर्न सक्ने छोरी हुनु पर्ने रहेछ
अनि त बा आमा ले पनि लास  जस्तै भारी नसोच्ने रहेछन।

बिबाह गर्दा खेल जस्तै लागेको थियो।तर बिबाह खेल रहनेछ अरुले देखाएको सपनामा मख्ख परेर बैबाहिक बन्धन बाँध्नु भनेको यस्तै हजारौं सरुनी को मसान घाट्को बास हुनु रहेछ बोक्सी हुनु रहेछ, डक्निनी हुनु रहेछ,बेश्या रन्डी हुनु रहेछ ।

तर म न मसानघाट जान्छु, न बोक्सी कहलिनेछु,न डक्निनी हुनेछु,न बेश्या हुनेछु,न रन्डी हुनेछु  बस म मास्टर्नी हुनेछु ।सबैलाई सम्झाउन सक्ने,अरुलाई आड भरोसा दिन सक्ने,म आफैमा एक सफल छोरी हुनेछु। म अरुलाई सहयोग गर्न सक्ने हुनेछु,दुखी हरुलाई बाटो देखाउनेछु ।

म सफल भए पक्कै हजुरहरुलाई भेट्न आउनेछु,माईती पनि जानेछु।यति भन्दै सरुनी रातो झोला बोकेर हुलाकी काका सङ्गै बाटो लाग्छे ….! सरुनी का सासू ससुरा पेटिमा बसेर टुलुटुलु हेरिरहन्छन।

अब सरुनी को जिन्दगी को अर्को  यात्रा शुरु हुन्छ…………………।

प्रकाशित मितिः शनिबार, असार १४, २०७६     4:02:50 PM  |

प्रतिक्रया दिनुहोस्