20 November 2019  |   बुधबार, मंसिर ४, २०७६

पुर्बाधारको पनि पुर्बाधार शिक्षा हो : मन्त्री पोख्रेल

    | प्रकाशित मितिः शनिबार, असार १४, २०७६  

इन्दु केसी,सुखड । शिक्षा पुर्बाधारको पनि पुर्बाधार रहेको शिक्षा बिज्ञान तथा प्रबिधि मन्त्री गिरीराजमणि पोख्रेलले बताएका छन । कैलालीको घोडाघोडी नगरपालिकामा प्रदेश स्तरीय बिशेष शिक्षा आवासीय बिद्यालयको सिलान्यास कार्यक्रममा बोल्दै मन्त्री पोख्रेलले शिक्षालाइ बिकास र समृद्धि संग जोड्ने उदेश्य रहेको बताए ।

सबै बालबालिकाहरुलाइ बिद्यालयको पहुच सम्म पुयाउने उदेश्य अनुरुप अगाडि बढेपनि अपांगता भएका ब्यक्तिलाइ भने समेट्न नसकेको बताउदै उनले भने,शिक्षा प्राप्त गर्ने उनिहरुको अधिकारलाइ सुनिश्चित गर्नका लागि सातै प्रदेशमा बिशेष शिक्षा आवासीय बिद्यालय स्थापना गर्ने कार्य अन्तर्गत सुखडमा सो बिद्यालय स्थापना गरिरहेका छौ । ९ बर्षिय योजनाका साथ समपन्न हुने आवासीय बिद्यालयका लागि प्रारम्भमा १ करोड रकम बिनियोजन गरेको उनले बताए ।

सुखडमा रहेका घोडाघोडी बहुमुखि क्याम्पस र राष्ट्रिय उच्च मा बि लाइ मिलान गरि ब्यवस्थापन गर्न जरुरी रहेको उनको भनाइ थियो ।

शिक्षाको रुपान्नतरण,प्राबिधिक शिक्षा,प्राथामितामा रहेको बताउदै उनले भने, विद्यालय जागिर खाने ठाउ होईन देश बनाउने ठाँउ हो शिक्षकल गुणत्मक शिक्षा दिन लाग्नुपर्छ । युनेस्कोको मान्यता अनुसार ९५ प्रतिशत साक्षर भएमा साक्षर देश घोषणा गर्न सकिने कुरा स्मरण गराउदै नेपालमा ८० प्रतिशत साक्षर भईसकेकाले यही वर्ष भित्र साक्षर देश घोषणा गर्ने योजना रहेको उनले बताए ।

कार्यक्रममा बोल्दै घोडाघोडी नगरप्रमुख ममता प्रसाद चौधरीले जिम्मेवारी पुर्ण रुपमा शिक्षमा सुधार गर्न लागिरहेको बताए । शैक्षिक नगरका रुपमा बिकास गर्ने क्रममा आवासिय बिद्यालय निर्माण हुनु कोसे ढुगां थपिएको बताए । उनले थोरै रुपमा भए पनि शिक्षाको ब्यथिति कम हुदै गएको बताए ।

राष्ट्रिय माध्यामिक बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष गजेन्द्र अर्यालको सभापतित्वमा सम्पन्न भएके कार्यक्रममा जिल्ला समन्वय समिती कैलालीका सभापति सुर्य बहादुर थापा, सुदुरपश्चिम प्रदेशका संसद रतन थापा, घोडाघोडी , उप प्रमुख प्रेम कुमारी थापा लगायतकाको सहभागिता रहेको थियो ।

राष्ट्रिय मा बि सुखडका प्र अ रामछबिल्ला चौधरीले स्वागत गरेको कार्यक्रमको सञ्चालन घोडाघोडी नगरपालिकाका प्रमुख प्रशाशकिय अधिकृत खगेन्द्र सिं ले गरेका थिए ।

प्रकाशित मितिः शनिबार, असार १४, २०७६     8:46:45 PM  |

प्रतिक्रया दिनुहोस्