18 July 2019  |   बिहिबार, साउन २, २०७६

एसईई पुरक परीक्षाको तालिका सार्वजनिक(तालिका सहित )

    | प्रकाशित मितिः बुधबार, असार १८, २०७६  

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले २०७५ चैत्रमा सञ्चालित माध्यामिक शिक्षा परिक्षा (एसईई) मा कुनै दुई विषयमा सी वा सी भन्दा कम ग्रेड आउने विद्यार्थीका लागि ग्रेड वृद्धिका लागि पुरक परीक्षाको तालिका सार्वजनिक गरेको छ।

बार्डले एक सूचना निकाल्दै नियमित समूहबाट परीक्षामा सामेल भएका विद्यार्थीले बढीमा दुई विषयसम्म सैद्धान्तिक तर्फ सी वा सी भन्दा तल ग्रेड प्राप्त गर्ने वा दुई विषयमा अनुपस्थित भएका विद्यार्थीको परीक्षा यही साउन २६ र २७ हुने जनाएको छ।

बोर्डले निकालेको सुचना अनुसार ग्रेडवृद्धी परिक्षामा सहभागि हुने परिक्षार्थीले साउन १५ भित्र प्रवेश पत्र र ग्रेडसीटको प्रतिलिपी राखी शिक्षा विकास तथा समन्वय इकाईमा फाराम बुझाउन सकिने जनाएको छ ।

 तालिका हेर्नुहोस !

प्रकाशित मितिः बुधबार, असार १८, २०७६     11:12:10 AM  |

प्रतिक्रया दिनुहोस्