20 November 2019  |   बुधबार, मंसिर ४, २०७६

प्रधानमन्त्री ओली अस्वस्थ, झाडापखाला भएपछि राजनीतिक भेटघाट स्थगित

    | प्रकाशित मितिः बुधबार, असार १८, २०७६  

काठमाण्डौ ।प्रधानमन्त्री केपी ओली अस्वस्थ भएका छन् ।ओली गएरातिदेखि नै अस्वस्थ भएका हुन ।

प्रधानमन्त्री ओलीलाई झाडा पखाला लागेको प्रधानमन्त्रीको निजी सचिवालय स्रोतल जनाएको छ । झाडा पखाला नरोकिएपछि प्रधानमन्त्री सिंहदरबार कार्यालय गएका छैनन् । सबै राजनीतिक भेटघाट स्थगित गरिएका छन् ।

बालुवाटारमै चिकित्सक बोलाएर स्वास्थ्य परीक्षण गरिएको छ । ओली अहिले औषधि सेवन गरेर आराम गरिरहेका छन् ।

प्रकाशित मितिः बुधबार, असार १८, २०७६     1:07:24 PM  |

प्रतिक्रया दिनुहोस्