12 November 2019  |   मङ्लबार, कार्तिक २६, २०७६

राजसंस्था नै अबको विकल्प भन्दै पुर्वराजा ज्ञानेन्द्र शाहको जन्मोत्सवमा दिप प्रज्वलन गरिदै

    | प्रकाशित मितिः शुक्रबार, असार २०, २०७६  

काठमाडौ । पुर्वराजा ज्ञानेन्द्र शाहको ७३औ जन्मोत्सव पारेर गोरक्ष राष्ट्रिय जागरण अभियान-नेपालले दीप प्रज्वलन गर्ने भएको छ । अवको एकमात्र विकल्पका रूपमा राजसस्था  भएको भन्दै मुलुकको निकास र विकासका लागि राजा आउ देश बचाउ भन्ने संकल्पसहित दीप प्रज्वलन गरिने भएको हो ।

पुर्वराजा शाहको ७३औ जन्मोत्सवका दिन यहि असार २३गते ललितपुरमा दिप प्रज्वलन गर्ने कार्यक्रम रहेको उक्त अभियानका सचिव सागर न्यौपानेले बताउनुभयो |”२०६३ सालको घटनाले तत्कालिन शासक राजा ज्ञानेन्द्र शाहलाई विभिन्न विदेशि धार्मिक अतिवादी र बिस्तारवादी शक्तिले सत्ताच्युत गराई बनबास खेदेपनि  जनताको मन मस्तिष्कमा राजाप्रति सम्मान आस्था र भरोसा उत्तिकै रहेको उहाले बताउनु भयो” |

उहाँले भन्नुभयो- राष्ट्रको स्वाधीनता, समानता, स्वतन्त्रता ,सार्वभौमिकता,अखण्डता र राष्ट्रिय एकता प्रति प्रतिबद्द दलिय स्वार्थ बाट माथि उठेको संस्था राजसंस्था नै हो | जटिल मोडमा उभिएको देश, सामाजमा जरो गाडेर बसेको भ्रष्टाचार, बेरोजगारी, दलालहरुको विगविगि, महंगि कालोबजारी, कुसासन,अन्याय,अपांग जस्तो बनेको न्याय प्रणाली जस्ता कारणले पनि जनताले अबको विकल्प नै राजसंस्थालाई रोजेकाले राजसंस्था निकट समयमै पुनःस्थापना हुने समेत उहाले खुलासा गर्नुभयो |”

उहाहरुको सो कार्यक्रम ललितपुर मंगलबजार पाटन कृष्ण मन्दिर परिसरमा हुनेछ भने सो कार्यक्रममा पुर्व मन्त्रि विराज विष्ट, राजगुरु बलभद्रनाथ योगि, डा, केवि रोकाय  लगायतले सम्बोधन गर्नुहुनेछ भने अन्तमा दिप प्रज्वलन गरी कार्यक्रम समापन हुने उहाले बताउनुभयो |

प्रकाशित मितिः शुक्रबार, असार २०, २०७६     1:54:58 PM  |

One Comment

प्रतिक्रया दिनुहोस्