10 December 2019  |   मङ्लबार, मंसिर २४, २०७६

झुक्यो ओली सरकार ! अब भारतबाट आउने तरकारी विषादी परीक्षण नगरी नेपालीले खानुपर्ने बाध्यता

    | प्रकाशित मितिः शुक्रबार, असार २०, २०७६  

काठमाडौं । नेपाल सरकारकै कारण अब जनताले विषादीयुक्त तरकारी जबर्जस्त खानुपर्ने भएको छ ।  सरकारले भारतबाट आउने ताजा तरकारीको विषादी परीक्षण कार्य स्थगन गर्ने निर्णय गरेसँगै परीक्षण नगरिने भएको हो । यो संगै नेपाली नागरिकले अब विषादीयुक्त तरकारी खानुपर्ने भएको हो ।

गत जेठ १० गतेको मन्त्रिपरिषद् बैठकले भारतलगायत तेस्रो मुलुकबाट आउने तरकारी र फलफूल परीक्षण गर्ने निर्णय गरेको थियो । सोही निर्णयका आधारमा असार २ गतेदेखि भारतबाट नेपाल आउने तरकारी र फलफूलको विषादी परीक्षण सुरु भएको थियो ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले प्राविधिक तयारी नपुगेको जानकारी मन्त्रिपरिषद्लाई गराएको थियो । मन्त्रिपरिषद्को बैठकले यही सुझावको आधारमा निर्णय फिर्ता लिएको छ । नेपालमा आधुनिक प्रयोगशाला नभएकाले तत्काल परीक्षण कठिन देखिएको मन्त्रालयको ठहर छ ।

विषादी परीक्षण पूर्वाधार नहुँदा तरकारी आयातमा समस्या सिर्जना भएको थियो । अहिलेलाई पुरानै प्रक्रियाबाट जाँचपास गराउने निर्णय गरिएको हो । मन्त्रिपरिषद्ले प्रयोगशाला बनाउने निर्णय समेत गरेको छ ।

प्रकाशित मितिः शुक्रबार, असार २०, २०७६     5:40:20 PM  |

प्रतिक्रया दिनुहोस्