15 October 2019  |   मङ्लबार, अशोज २८, २०७६

निर्मल निवासमा मनाइयो पुर्वराजा शाहको ७३औ जन्मोत्सव (तस्वीर र भिडियोसहित)

    | प्रकाशित मितिः सोमवार, असार २३, २०७६  

काठमाडौ । पुर्वराजा ज्ञानेन्द्र शाहको ७३औ शुभ जन्मोत्सव राजधानी काठमाडौमा मनाइएको छ । जन्मोत्सव मनाउनका लागि जनस्तर बाट गठित मुल समारोह समितिले निर्मल निवाशमा सोमबार जन्मोत्सव विशेष कार्यक्रमको आयोजना गरि मनाइएको हो । 

पुर्वराजा शाहको जन्मोत्सव हरेक वर्ष असार २३ मा पर्छ । जन्मोत्सवका अबसरमा शाहको दिर्घायुको कामना गरिएको छ । कार्यक्रममा सहभागीले एक आपसमा टीका लगाए । निर्मल निवास मै कार्यक्रम गरिएको भएनी पुर्वराजा शाह भने बाहिर भएको हुदा उपस्थित थिएन्न ।

भिडियो हेर्नुहोस ।

प्रकाशित मितिः सोमवार, असार २३, २०७६     1:32:13 PM  |

प्रतिक्रया दिनुहोस्