17 July 2019  |   बुधबार, साउन १, २०७६

पूर्वराजा ज्ञानेन्द्र शाह सपरिवार हात्तिवनमा 

    | प्रकाशित मितिः सोमवार, असार २३, २०७६  

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह सपरिवार फर्पिङस्थित हात्तिवन रिसोर्टमा पुग्नुभएको छ । उहाँसँग पूर्व श्री ५ लाग्ने सबैको हात्तिवन रिसोर्टमा जमघट रहेको छ ।

उहाँको साथमा, पूर्वरानी कोमल, बुहारी हिमानी, नातिनीद्वय पूर्णिका र कीर्तिका, नाति हृदयेन्द्र छ्न । उनीहरू लाई लिएर पुर्वराजा शाह आइतबार दिउँसै रिसोर्टमा पुग्नुभएको थियो । आज सोमबार बिहान छोरा पारस, वालसखा प्रभुशम्सेर जवरा, पूर्व सैनिक सचिव शान्तकुमार मल्लसहित आफन्तहरु रिसोर्ट पुगेका थिए ।

प्रप्त जानकारी अनुसार आज रात्रीभोज मनाउन छोरी, ज्वाइ, धीरेन्द्र–पुत्री र जवाईहरु, बहिनीलगायत पूर्व श्री ५ लाग्ने सबैको जमघट हुनेभएको छ । बुढ्यौलीको कारण महेन्द्र मञ्जिलबाहिर ननिस्केकी पूर्व वडामहारानी रत्न बाहेक सबै आफन्त हात्तिवन रिसोर्टमा पुगेका छन् । देशभर समर्थकले पुर्वराजा शाहको ७३औ जन्मोत्सव मनाइरहदा उहाले भने विशेष कारण वस यो वर्ष मनाउनुभएन ।

मित्र प्रभु शम्शेरको जन्मोत्सव सोही ठाउँमा मंगलबार मनाउने तयारी भइरहेको पनि स्रोतले बताएको छ ।

प्रकाशित मितिः सोमवार, असार २३, २०७६     5:30:09 PM  |

प्रतिक्रया दिनुहोस्