15 October 2019  |   मङ्लबार, अशोज २८, २०७६

प्रहरी र विप्लव समुगबीच दोहोरो गोली हानाहानमा विप्लव समूहका ओखलढुंगा इन्चार्जको मृत्यु

    | प्रकाशित मितिः बुधबार, असार २५, २०७६  

काठमाडौ । सरकारद्वारा प्रतिबन्धत नेकपा बिप्लव समुह र प्रहरीबीच भोजपुरको सदरमुकाममा गोली हानाहान  भएको छ । बुधबार बिहान ८ बजेर ४५ मिनेटमा सादा पोसाकमा रहेका प्रहरी र विप्लव कार्यकर्ताबीच भिडन्त भएको हो।

गोलि हानाहान हुदा एक प्रहरी र एक बिप्लव माओवादीका कार्यकर्ताको मृत्यु भएको छ । भिडन्तमा परी विप्लव समुहका ओखलढुंगा इन्चार्ज नीरकुमार राई प्रहरी जवान संन्जिव राइको मृत्यु भएको छ ।

गस्तीमा रहेका प्रहरी माथि बिप्लवका इन्र्चाज राईले प्रहरीमाथि गोली हानेपछि दोहोरो भिडन्त भएको थियो । प्रहरीका अनुसार मृत्यु हुने प्रहरी जवान सञ्जिव राइ माओवादी सरकारमा मन्त्री बनेका सुदन किरातीका बडिगार्ड भइसकेका थिए।

प्रकाशित मितिः बुधबार, असार २५, २०७६     11:23:34 AM  |

प्रतिक्रया दिनुहोस्