15 October 2019  |   मङ्लबार, अशोज २८, २०७६

विषादीयुक्त तरकारी चेकजाँच नगर्ने सरकारको विरोध गर्दै वीर गोर्खालीले पुर्व राजारानी अंकित टिसर्ट बाड्दै

    | प्रकाशित मितिः बिहिबार, असार २६, २०७६  

काठमाडौ । सरकारले भारतबाट आयात गरिने तरकारी तथा फलफूलको विषादी चेकजाँच नगर्ने निर्णय विरुद्द वीर गोर्खालीले विरोध प्रदशर्न गर्ने भएको छ । विषादीयुक्त तरकारी खाइदैन लम्पसारवाद सरकार चाहिदैन भन्दै मुलनारा सहित वीर गोर्खालीले विरोध जनाउने भएको हो ।

सरकारको यो निर्णय विरुद्ध सर्बत्र आलोचना र सर्बोच्च अदालतले समेत निर्णय कार्यान्वयन नगर्न आदेश दिसकेको बेला वीर गोर्खालीले पनि आफनो विरोध कार्यक्रम अघि सारेको हो । अबको आबस्यक्ता संबैधानिक राजसस्था र सनातन हिन्दु अधिराज्य नेपालको पुनर्स्थापना भन्दै देश र श्रीपेच जोगाउने अभियानमा क्रियासील वीर गोर्खालीले यही असार २८ गते राजधानी कालिमाटीमा विरोध कार्यक्रम गर्ने जनाएको छ ।

साथै सोही कार्यक्रममा पुर्वराजा रानी अंकित टिसर्ट समेत वितरण गरिने वीर गोर्खाली अभियानले जनायो ।

प्रकाशित मितिः बिहिबार, असार २६, २०७६     1:27:11 PM  |

प्रतिक्रया दिनुहोस्