23 September 2019  |   सोमवार, अशोज ६, २०७६

के साँच्चिकै देशले तानाशाहको माग गरेकै हो त ?

    | प्रकाशित मितिः आइतवार, असार २९, २०७६  

सोम विक्रम सिंह
कहिलेकाही देशले तानाशाहको पनि माग गर्दो रहेछ। स्वर्गीय राजा महेन्द्रको यही भनाई आजको दिनमा सहि सावित भएको छ। राजा महेन्द्रको यसै भनाइलाई सापटी लिदै राज्यको सम्पतिमा रमिता मच्चाईरहेका यो देशका फाल्तु फोकटलालहरु लाई फेरि घोच्न मन लाग्यो। राजा महेन्द्रलाई सबैले प्रजातन्त्रको हरण गर्ने र सामन्तीको संज्ञा दिन लागे। तर त्यहि दलालहरूले सामन्ती देखेका राजा महेन्द्र अहिले अाएर जनतालाई अभाव भएको महशुस हुन्छ। उहाँको जनताहरूले मुक्तकंण्ठले प्रशंसा गरिरहेका छन्। देश उहाँकै मार्गमा हिंडिरहेको भान हुन्छ । उहाँले ल्याएको उध्योग र कारखाना ध्वस्त बनाईए पछि जनता बिदेशीको दासको रूपमा बिदेसिन बाध्य भएको भान हुन्छ।

चाहे प्रजातन्त्र होस या लोकतन्त्र या गणतन्त्र। जनताको जनाधिकारलाई सर्बोच्च ठानिनुपर्छ र हुन्छ नै। यदी कुनैपनी व्यवस्थाले जनताको जनाधिकारलाई अबमुल्यन गर्छ भने त्यहा खतराको घण्टी बज्न सुरु हुन्छ। हिजो मुलुकमा राजतन्त्र हुदा देश साहदै गरिव थियो, जनता केही गरिव थिए, यो कुरालाई नकार्न सकिँदैन । के अहिले देशमा गरिव छैनन र?  त्यस बेलाको गरिबी मापन गर्दा दुई छाक खान लाउन पाउने थिए भने अहिलेको गरिबी मापन भनेको सडकमा जीवन यापन गर्नेलाई लिईन्छ। त्यस बेला राष्ट्रको एजेन्डा सबैको लागि गास बास कपास थियो।

जग्गा नहुनेलाई सुकुम्बासीको नाममा जग्गा बितरण र किसानलाई भुमि सुधार लागू गरि जोत्नेको लागि भुमि बितरण गरिएको थियो भने घर बितरण गरि पुनर्वासको व्यबबस्था गरिएको थियो। शिक्षा नै जनताको चेतनाको ढोका हो भनी व्यापक रूपले बिध्यालयको जग बसाल्नमा क्रान्ति नै ल्याए। उच्च शिक्षा  हासिल गर्न भारत जान नपरोस् भनी अाफ्नै श्रीमती रत्नको गरगहना बेचेर त्रिभुवन विश्व बिध्यालय बनाए। जनताले न्यायमा चुक्न नपरोस भनी देशमा सर्वोच्च अदालतको व्यबबस्था स्थापित गरे। मुलुकमा विकास निर्माणका कामहरूले एकपछि अर्कोगर्दै फट्को मार्दै थिए।

नेपाली जनजीवन पनि उकालो लाग्दै थियो । बिडम्वणा मान्नुपर्छ , चलाख दलाल तथा बिदेशीका रखेलहरूले त्यही तत्कालिन भुमी बिहिन, किसान, मजदुर, बिध्यार्थी सुकुम्बासी र तिनका सन्ततीहरूलाई नै उचालेर राजसंस्था बिरूद्व उचाले र अाफ्नो राक्षसी राजको स्थापना गरे। जसको नतिजा अाज देशले दुर्गती भोग्दै छ। हुन त राष्ट्रको दुर्दशालाई ती दलालका झोले कार्यकर्ताले कहिले मनन गरेनन्। कसैले सरकारको गलत रवैया र कार्य प्रति अौंला उठाए कि अौंला भाच्दिन खोज्छन् भने सरकार नै लाज र घिङ लाग्दो प्रतिकृया दिन्छन्। उहिले उहिलेको सम्मानिय र माननिय पद त बिभिन्न लोभ, लालच, घृणित कार्य, भ्रष्टाचार, देश बिखण्डन, नागरिकता बेचुवा वा अनेकौं दुर्घन्तित काण्डमा तान्निएर अशव्दमा परिणत भईसकेको छ।

सामाजिक सदभाव देखि राष्ट्र र राष्ट्रियता प्रति नेपाली जनताको विरताको गाथा र ऐक्यवद्धता कहिल्यै दुई धारमा बाँडिएको थिएन। मुलुक र जनतालाई समृद्धिको पाटोमा अगाडि बढाउन राज्यपक्षबाट सक्ने जती कोशिस भएकै हुन्। दुई छाक मीठो मसिनो खान पाइने लोभ लालच र प्रलोभनमा राजा र प्रजा कहिल्यै पनि अरुको दासी बनेनन्। फलस्वरूप नेपाल र नेपालीको ईमान्दारिता, अधम्य शाहस र बहादुरीबाट बिश्वका कुनैपनी शक्तिशाली देशहरुले समेत शीर ठाडो पारेर गलत नजरले हेर्न समेत अाँट गरेनन्। तर उनिहरू लोभी पापी, लालची नेताहरूको खोजीमा नै थिए, जसलाई सहजै दास बनाउन सकियोस् र नेपालमा बसेर तिनका अभिष्ट पूरा गर्न सकियोस्।

तसर्थ नै पश्चिमा र दक्षिणले नेपालका राजसंस्थालाई प्रजातन्त्र बिरोधी, निरकुंश र सामन्तीको संज्ञा दिंदै राष्ट्र र राष्ट्रियता कमजोर बनाउने खेल बनाउँदै थिए। के खोज्छस् कानो अाँखा भने झैं २०४६, माअोवादी बिद्रोह, २०६२-६३ र मधेश अान्दोलनबाट पश्चिमा र दक्षिणले अाफ्ना उचित लेण्डुप भन्दा उचित पात्र कठपुतलीहरू सहजै प्राप्त गरे ।

जनताको सर्बोपरी भलाईका निम्ति राजसस्थाले कहिले पनि राष्ट्रको सम्पति माथी आँखा लगाएनन्, गरिब जनता र देशको हितका लागि राजाहरुले आफ्नो क्षमता र हैसियत अनुसारको छाक टारे। जनताहरु आफ्नो जिविको पार्जन र जीवन यापनको लागि शान्ती सुरक्षाको सवालमा गाउँ देखि केन्द्रसम्म ढुक्क थिए। राजसंस्थाले जनताको सभ्यता, पहिचान तथा जात्रा पर्वहरू सुचारू रूपले बिना अड्चन सदियौं चलिरहोस् भनी गुठी ब्यबस्थानलाई थप मजबुत गरे। त्यसमा बरू अरू सम्पत्ति थपि दिए भन देव गुठि छुट्टाए, अहिलेका दानवहरूले त सिधै गुठिमा प्रहार गरे।

गाउँमा एक बनपाले पुग्यो भने सारा तस्कर र माफियाको भागाभाग हुन्थ्यो। अहिले एउटा सडकमा गुड्ने गाडीले अकस्मात कसैका छाडा पशुचौपाया मार्यो भने सिङ्गो पुलिस प्रशासन खटाउनु पर्थेन। सामाजिक सद्भाव थियो, अहिले त सब सकिएको भान हुन्छ। हेर्दै जाँदा मुलुकमा राजतन्त्रलाई अोझेलमा पारियो,  लोकतान्त्रिक पद्वती हुदै गणतन्त्रसम्म आइपुग्दा मुलुकको हालत नेपाली इतिहासकै कमजोर अबस्थामा पुग्यो। मुलुकको विकास र समृद्धिका लागि अगाडि बढेका गणतन्त्रका बादशाहरुको यतिबेला मुलुकमा ताण्डप मच्चिएको छ। सत्ता समीकरण टिकाउने होडबाजी चलेको छ। पालैपालो लुटपाट चलेको छ , देश कंगाल बन्न लागेको छ।

सामाजिक सञ्जालमा भेटिए झैं देश कसले सिद्वाउने पनि कि नेताले भन्ने होडबाजि चलेको छ । जसले लेखे ठिकै लेखे । विदेशमा गरिव जनताका छोराछोरी अलपत्र छ्न,  कैयौ छोरीचेली बेचिएर नारकिय जीवन जिउँदैछ्न, गाउँमा अस्पताल छैन, सिटामोल छैन, डाक्टर छैन, एम्बुलेन्स छैन , विरामीको हरिबिजोग छ। तर यता तिनै फोकटलालहरु राज्यको सम्पत्ती दुरुपयोग गरि विकास र समृद्धिका चिल्ला कुरा बाँड्न मै ब्यस्त छ्न। अनि अर्कोतिर तिनकै हनुमानहरु ताली बजाउनै ठिक्क छ।

देशमा बलात्कार तथा अपराध, शान्ति सुरक्षाको अबस्था, भ्रष्टाचारको अवस्था, सीमा क्षेत्रको आतंक, बाढी अाएर गाउँ नै डुवाउँदा मधेसका मसिहा भन्नेले बाँध खोल्देउ भनेर चुक्क बोल्न नसक्ने अवस्था, परराष्ट्र नीति, कुटनैतिक सम्बन्ध तथा मर्यादा, दुइपक्षिय सम्बन्ध, वैदेशिक रोजगारको टिठलाग्दो दुर्दशा, अन्तर्राष्ट्रिय समुदायले हेर्ने दृष्टिकोण तथा व्यवहार, के साच्चिकै हामिले चाहेको र  परिवर्तन यहि हो त ?

के हामीले अब परिवर्तनको खाका कोर्ने, सच्चा क्रान्तिको नेतृत्व, देश बिकासको मुल फुटाउने, जनताको उच्च भलो चाहने परिवर्तनकारी, दलालको लागि तानाशाह तर जनता र देशको लागि सहि शासक, पुर्वीय दर्शन तथा वैदिक सनातन धर्म तथा संस्कृति अनुरूप चल्न सक्ने वैदिक साम्यवादी राजा र राजतन्त्रात्मक रूपि राजसंस्थाको सामन्ती शासन नै खोजेका हुन् त ? प्रश्न अनुतरित छ तर उत्तर सम्पूर्ण जनताको मन मनमा, मस्तिष्क मस्किष्तमा, मुटु मुटुमा, दिलो दिमागमा स्थापित भैसकेको छ। जय देश जय नरेस।

(लेखक सोम विक्रम सिंह कर्मनिष्ठ अभियन्ता हुन )

प्रकाशित मितिः आइतवार, असार २९, २०७६     4:46:39 PM  |

One Comment

  • mani raj satyal

    सहि विश्लेषण !तर राजतन्त्र निरंकुश थिएन !हामीले भोगेकै हौं !अनुशासनमा कडाइ भने पक्कै थियो ! इतिहास भन्छ ,राणा शासन भने तानाशाही अबस्य थियो !

प्रतिक्रया दिनुहोस्