23 September 2019  |   सोमवार, अशोज ६, २०७६

मौसम बिभागले भन्यो अबको २४ घण्टा साबधानी अपनाउनु, सडक र हवाइ यात्रा नगर्नु !

    | प्रकाशित मितिः सोमवार, असार ३०, २०७६  

काठमाडौं । लगातारको भारी बर्षापछि आएको बाढी र पहिरोले देशका विभिन्न स्थानमा बितण्डा मच्चाइरहेको बेला मौसम पूर्वानुमान महाशाखाले आगामी २४ घन्टा सतर्क रहन आग्रह गरेको छ । सोमबार विहान सूचना जारी गर्दै महाशाखाले देशभरका विभिन्न स्थानमा भारी बर्षाको सम्भावना रहेकोले सवैले सर्तक रहन आग्रह गरेको छ ।

देशका पूर्व, मध्य र पश्चिम क्षेत्रका थोरै स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ । भारी बर्षाबाट जनधनको क्षति हुनसक्ने भन्दै महाशाखाले हाई अलट रहन चेतावनी दिएको छ । वर्षाले पहाडमा ठुलो पहिरो र तराईमा बाढी आउन सक्ने बताएको छ । आगामी २४ घन्टासम्म प्रभावित क्षेत्रका बासिन्दालाई होसियारी अपनाउन महाशाखाले शिषेष आग्रह गरेको छ।

सडक र हवाईयात्रमा पनि नगर्न आग्रह गरेको छ । बर्षाले सडक अबरुद्ध र कम भिजिबिलिटीका कारण हवाई सेवा प्रभावित हुनेभन्दै २४ घण्टा यात्रा नगर्न आग्रह गरेको छ । महाशाखाका अनुसार मनसुन न्यून चापीय रेखा अहिले नेपालको तराई भूभागमा अवस्थित छ । जसका कारण मनसुनी गतिविधि देशभर सक्रिय अवस्थामा छ।

प्रकाशित मितिः सोमवार, असार ३०, २०७६     10:09:21 AM  |

प्रतिक्रया दिनुहोस्