17 November 2019  |   आइतवार, मंसिर १, २०७६

बुधबारदेखि इन्टरनेटको मुल्य १३ प्रतिशतले बढ्ने

    | प्रकाशित मितिः मङ्लबार, असार ३१, २०७६  

काठमाण्डाै । साउन महिनादेखि इन्टरनेटको शुल्क १३ प्रतिशतले बढ्ने भएको छ ।सरकारले इन्टरनेटमा १३ प्रतिशत दूरसञ्चार सेवा शुल्क लिने अडान नछाडेपछि शुल्क बढ्ने भएको हो । जुन बुधबारदेखि लागू हुनेछ ।

सरकारले नै सेवा शुल्क लिने भएपछि आफूहरु शुल्क बढाउन बाध्य भएको इन्टरनेट सेवा प्रदायकहरुको संस्था आईएसपीएनले जनाएको छ । गएको वर्ष नै सरकारले १३ प्रतिशत सेवा शुल्क लिने बजेटमा उल्लेख गरेको थियो ।

त्यसको ब्यापक विरोध भएपछि सेवा प्रदायकलाई अन्य शीर्षकमा सहुलियत दिएर इन्टरनेटको शुल्क नबढाउने सहमति भएको थियो । तर सरकारले सम्झौता गरेअनुसार अन्य शीर्षकमा छुट नदिएको भन्दै इन्टरनेट सेवा प्रदायकले भोलिदेखि उपभोक्तालाई १३ प्रतिशत मूल्य बढाउने निर्णय गरेका हुन् ।

प्रकाशित मितिः मङ्लबार, असार ३१, २०७६     5:29:13 PM  |

प्रतिक्रया दिनुहोस्