17 November 2019  |   आइतवार, मंसिर १, २०७६

सिभिल बैंकको ९६औं शाखा कोहलपुरमा 

    | प्रकाशित मितिः बिहिबार, साउन २, २०७६  

कोहलपुर (बाँके) । सिभिल बैंकले आफ्नो ९६औं शाखा बाकेको कोहलपुरमा बिस्तार गरेको छ ।

बिहिबार एक कार्यक्रमका बीच शाखाको कोहलपुर नगरपालिका का मेयर लुट बहादुर रावतले उद्घाटन गरेका छ्न । सो अबसरमा उनले बैंकलाई उत्पादनमूलक क्षेत्रमा लगानी गर्न र पहुँच नभएकाको सारथी बन्न बैंक तथा वित्तीय क्षेत्रलाई सुझाव दिए ।

यसैगरी मेयर रावतले कृषि क्षेत्रमा नगरपालिकाले ल्याएका योजनामा सहकार्य गर्न जोड दिए । रावतले बैंक तथा वित्तीय क्षेत्रको उपस्थितीले जनतामा परिवर्तन ल्याउन सक्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा कोहलपुर उद्योग वाणिज्य संघका अध्यक्ष चक्र बहादुृर अधिकारीले कोहलपुरमा बैंक तथा वित्तीय क्षेत्रको संख्या बढ्नुले यहाँको परिवर्तन झल्काएको बताए । अध्यक्ष अधिकारीले उत्पादनमुकल क्षेत्रमा लगानी बृद्धि भइरहेको बताउँदै तर अस्थिर ब्याजदर उद्योगी, व्यवसायीका लागि चुनौती बनेको उल्लेख गरे ।

कार्यक्रममा शाखा प्रवन्धक बसन्त रेग्मी,कोहलपुर वडा नम्बर ११ का वडा अध्यक्ष कर्ण थापा, इलाका प्रशासन कार्यालयका प्रमुख दत्तराज हमाल, नेपाल पत्रकार महासंघका उपाध्यक्ष प्रदिप वाग्ले लगायतले बोलेका थिए ।

प्रकाशित मितिः बिहिबार, साउन २, २०७६     3:17:24 PM  |

प्रतिक्रया दिनुहोस्