23 September 2019  |   सोमवार, अशोज ६, २०७६

एक अर्काको स्वार्थ सँग जोडिदै विप्लव ! विप्लव सँगको वार्ताे र उनको सहभागिताले मात्र के क्रान्ति रोकिएला ?

    | प्रकाशित मितिः शुक्रबार, साउन ३, २०७६  

माधव केसी
पछिल्ला केही दिन एता एउटा सकारात्मक विषय खुसिको कुरा सुन्नमा आएको छ । प्रतिवन्धित विप्लव माओवादि र सत्तारुढ नेपाल कम्युनिष्ट पार्टि विच वार्ताको सुरुवात। यो एउटा आफैमा सकरात्मक संदेश हो । जसको कुनै विकल्प छैन । तर वार्ता कुरामा मात्र हल्लामा मात्र सिमित रहने हो कि निकर्ष सम्मै पुग्ला आम मानिसमा यस्तै यस्तै जिज्ञासा देखिन्छन् । जसको लागि केहि समय कुर्नु नै पर्ने देखिन्छ ।अर्को जिज्ञासा छ, एति धेरै तिक्तताको विच कसरि यसो हुन पुग्यो ।

त्यसैले त भनिन्छ “राजनीति सम्भावनाको खेल हो ।” यो भनाई मेरो नभै मैले सुनेको क. प्रचन्ड बाटै हो । उहाँले राजनीतिलाई एउटा सम्भावनाको खेल हो भनेर भन्ने मात्रै नभई विभिन्न समयमा परिस्थिति अनुसार चरितार्थ पनि गर्दै आउनु भएको देखिन्छ । पछिल्लो समय फेरी राजनीति सम्भावनको खेल हो भन्ने हिसावलेनै चरितार्थ गर्ने खेलको सुरुवात तिनै प्रचन्ड बाट सुरु भएको छ ।

कुरा हो विप्लव सँगको वार्ताको चर्चा:
हुनत सरकारले वाहिर वसेर विभिन्न गतिविधि गर्दै आएका राजनीतिक शक्तीहरु सँग वार्ता गर्ने भन्दै पुर्व मन्त्री माननिय सोम प्रसाद पाण्डेको नेतृत्वमा पहिले नै एउटा वार्ता समिति गठन गरेको थियो । तर त्यो समुहले विप्लव सँग वार्ताको वातावरण वनाउन सकिरहेको थिएन । तर जव विप्लव सँग वार्ताको लागि प्रचन्डले भित्रभित्रै प्रभाकरलाई खटाएको सुईको ओलिले पाए वार्ता समिती सँगै ओलिका विश्वास पात्र उक्त कार्यमा खटिए । सँगै वार्ताको विषय निकै चुलिन पुग्यो ।

माथि पहिलेनै उल्लेख गरेको पनि छु वार्ता आफैमा एउटा सकरात्मक विषय हो । तर यसले पनि  केही प्रश्नहरु भने जन्माएकै छ । यस्तै प्रश्नहरु सँगै विभिन्न आसंकाहरुका बिच पनि वार्ताको कुराले पछिलो समय सरकार र विप्लप बिच बढ्दै गएको दुरिका कारण देश कतै फेरी द्वन्द्वमा जाने त होइन भनेर आत्तिएका, डराएका, चिन्तीत भएका आम मानिसहरुमा कहि न कहि आसा पलाएको देख्न सकिन्छ । हामी चाहान्छौ वार्ताको माध्यम बाटै सम्पुर्ण समस्याको सामाधान खोजियोस ।

मानिसहरु विप्लव नभै सरकार आफै विप्लव लाई जबर्जस्ति द्वन्द्व को बाटोमा जान वाध्य पार्दैछ भनेर भनिरहँदा विप्लवप्रति निकै आक्रामक देखिने सरकार पछिल्ला केही दिन एता विप्लव सँग वार्ताको लागि ठुलै कसरतमा लागेको देख्दा सरकारको शान्ति प्रेमीहरु बाट प्रसंसा पनि सुरु हुन थालेको छ ।

कसरी यसो हुन पुग्यो त !
हिजोसम्म अपराधीक समुह लुटेरा, सानो झुण्ड भन्ने र अर्कोले दलालहरु भनि एक अर्का विच (प्रति) प्रमुख  सत्रुकै रुपमा व्यवहार गर्दै आएका सत्तासिन र विद्रोही शक्तिबीच पछिल्लो समय एकाएक कसरि यसो हुन पुग्यो र वार्ताको वातावरण बन्यो त किन सत्तारुढ दल भित्रै बाट आ–आफ्नो  समुह गठन गरि आ–आफ्ना विश्वास पात्रहरु बाट वार्ताको पहल गरिदै छ त । प्रश्रय हरु यस्तै यस्तै छन !

हुनत नेपाली राजनीति त्यसमा पनि विशेष गरी कम्युनिष्टहरुमा त झन मन मिलेमा आफ्नो नेताको चाहिने भन्दा पनि बढि प्रसंसा गर्ने मात्र नभै भगवान नै ठान्ने र थोरै मात्र चित्त नबुझेको खण्डमा त्यसलाई विभिन्न आरोप लगाई सराप्नु सराप्ने गरेको कुरा विगत देखि यिनै अहिलेका हाम्रा नेताहरुमै प्रष्ट्र रुपमै देखिएकै छ । यति मात्र नभै कुनै एकलाई दवाउन (पेल्नु) परेमा अरु (आफुहरु) एक जुट भैहाल्ने तितो पिरो मिलीहाल्ने र फेरी आफु आफु विच खटपट सुुरु भयो भने अर्काको साथ खोजेर शक्तिशालि बन्न खोज्ने परम्परा चल्दै आएको देखिन्छ ।

अहिले आएर करिब त्यस्तै भएको छ । मेरो बुझाईमा नेपाली राजनीतिमा दुई पाइलट बिचको सम्वन्धमा चिसो पन केहि समय यता सतहमै देखा परेकोछ । सतहमा देखा परेको भन्दा पनि बढी चिसोपन उहाँहरु विचमा छ, कता कता सुन्ने गरेको पनि छु । यसो हुनुमा सम्माननिय प्रधानमन्त्रि के.पी ओलीको प्रचन्ड प्रतीको व्यवहार को–पाइलटको जस्तो हुनु पनि हो अरे, त्यतिमात्र नभएर यहाँ भित्र भित्रै ठुलै खीचडी पाक्दै गरेको पनि होला । जेहोस दाउपेच ठुलै चलिरहेको कुरा यथार्थ हो । यसै विचमा हिजो सम्म लुटेरा समुह, अपराधीक समुह, फुच्चे सानो झुण्ड (विप्लव) सँग सरकार र एउटै पार्टि बाट पनि दुवै अध्यक्ष र गृह मन्त्रीबाट समेत वार्ताको लागि फरक फरक समुह गठन हुनुले विप्लव उनिहरुको स्वार्थ सँग जोडिएका हुन सक्छन् भन्ने कुरा प्रष्ट्र हुन्छ ।

प्रचन्ड पछि क्रमस सरकार पनि विप्लव प्रति अली नरम बन्दै गएको छ । यहाँनेर विप्लवलाई पनि वार्ता वाट पार्टिमै ल्याउने र आफ्नो गुटमा राखेर शक्ती शाली बन्ने र वार्ताबाटै समस्याको समाधान खोजेको जस राष्ट्रिय अन्तराष्ट्रिय रुपमा लिँदै अन्ततः शक्ति आर्जन गर्ने खेलमा दुवै अध्यक्ष लागेका देखिन्छन् ।अव यहाँनेर निर्णय लिने विप्लवले हो । होइन भने एउटै पार्टिका दुई अध्यक्षले फरक फरक समिती बनाई उनिसँग वार्ता गर्न खोज्नु सँगसँगै गृहमन्त्रीले पनि आफ्ना विश्वास पात्रलाई वार्ताको लागि अगाडि सार्नुले माथि उल्लेखित कुरालाई चरितार्थ गर्दछ ।

हुनत विप्लवका अगाडि पनि वार्ताको अर्को विकल्प छैन ,उनि हेपीएर नभै हामिले नभै सरकारले नै हामि सँग वार्ता चाएको हो भन्ने हिसावले अगाडि वढ्न खोजेको देखीन्छ । तर उनले उठाएका जनपक्षिय विषयहरुको सम्बोधन  कसरी हुन्छ भन्ने हो तपाई विप्लवले आफ्ना एजेण्डा लाई बार्ता मार्फत सरकारवाट कसरि पारित गराउन सक्नुहुन्छ भन्ने हो । सरकार सँगको बार्ता बाट तपाई शक्ती शाली बन्ने र कुनै एक अध्यक्षलाई धुरीमानै पुराईदिने कुराले त्यति महत्व राख्दैन त्यसले तपाईको अहिले सम्मको राजनीतिक योगदान, विचार, सिद्धान्त, षघंर्ष प्रयास हरुमा ठुलै प्रश्न चिन्ह खडा गर्ने छ । हुन त तपाईको अगाडि वार्ता पछि पनि दुई वटा विकल्प रहन्छ ।

एउटा सरकारले भनेअनुसार आफ्नो पार्टिका गतिविधि शान्तिपुर्ण ढङ्गबाट अगाडि बढाउने अर्को यसै पर्टिमा आउने र पार्टि र सरकारमा सहभागि हुने । तर यो दुई तिहाइको सरकार जनताले आस गरेअनुसार, विश्वास गरेअनुसार अगाडी वढ्न सकिरहेको छैन । (आसा गरौँ सरकार जनपक्षिय .बन्दै जानेछ) तर यसै प्रक्रियमा  तपाई (विप्लव) को उपस्थिति ले आम मानिसहरुले तपाईलाई कसरी हेर्लान भन्ने मेरो जिज्ञासा हो । अहिले मान्नुस तपाइँलाई तपाइले उठाएका मुद्दाकोे सम्बोधन भन्दापनि उनिहरुले आफ्नो स्वार्थसँग हेरिएका हुन सक्छन! आफुहरु बिच तिक्तता बढ्दै जानु र तपाई बाट दिर्घकालिन रुपमै भएपनि खतरा देख्नु आदी ।

यो वार्ता प्रक्रिया तत्काल तपाईले केही गर्न नसक्ने अवस्थामा तपाईका लागि पनि एउटा अवसर सङ्गै अवतरणकोे बाटो बन्न सक्छ तर अवतरणले मात्र पुग्दैन नेपाली समाजलाई जागरुक तपाइहरुले नै बनाउनु भएको छ । जनता नेताको सबै कुरा राम्रो सँग बुझ्न सक्ने भएका छन् । तपाई (विप्लव)सँगको वार्ताले वर्गीय समस्या समाधान नहुने हो भने क्रान्ति रोकिने वाला छैन । क्रान्ति  कसैले चाहेर हुने र नचाएर रोकीने पनि त होइन यो त आवस्यकताले जन्माउने कुरा हो । तपाईहरु यसैगरि जनताप्रति उत्तरदाई नहुने  महङ्गी, भष्ट्रचार, असुरक्षा सँगै यस्तै दलाल पुँजीपती व्यवस्था रहिरहने हो भने एक दिन यीनै आवस्याकताले क्रान्ति जन्माउने छ । जसको नेतृत्व जतिवेला जसले पनि लिन सक्छ त्यसैले विप्लव सँगको वार्ता ले क्रान्ती रोक्ने होइन विप्लवले उठाएका विषयहरुको सम्बोधनले बरु दिर्घकालिन रुपमै क्रान्ति रोकिने हो । त्यसैले विल्लव लाई स्वार्थ सँग हेरेर वार्ता गर्नु भन्दा उनले उठाएका एजेन्डा , मुद्दामा  वार्ता गर्नु आफैमा बुद्धिमता होला ।

बार्ताले पुर्णता पाओस ढिलै भए पनि सरकारले लिएको पहल कदम आफैमा प्रशंसा गर्न लाएक छ । मेरो शुभकामना हामि सबैको शुभकामना छ तपाई हरु मिल्नुस देशको मुहार फेर्नुस । गरिव, किसान, मजदुर दुखी हरुको अभिभावक बन्नुस उनीहरुको नेता बन्नुस उनीहरुको मुखमा पनि मुस्कान ल्याउनुहोस् । देशलाई समृद्धि तर्फ अगाडि बढाउनुहोस देशलाई सार्वभौम स्वतन्त्र राखिराख्नुहोस मेरो शुभकामना ।

प्रकाशित मितिः शुक्रबार, साउन ३, २०७६     4:18:28 PM  |

प्रतिक्रया दिनुहोस्