17 November 2019  |   आइतवार, मंसिर १, २०७६

बिद्युत समस्याको समाधानका लागि राप्रविसं र युवक संगठनको पहल,धनगढी नगरमा तीन दिनपछि बिद्युत सुचारु

    | प्रकाशित मितिः शनिबार, साउन ४, २०७६  

धनगढी । राष्ट्रिय प्रजातन्त्र पार्टी निकट राष्ट्रिय प्रजातान्त्रिक युवक संगठन र राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठन कैलालीले  विगत तीनदिन देखि अबरुद्ध हुँदै आएको बिद्युत समस्याबारे पहल थालेको छ ।

अनियमित रूपमा अवरुद्ध हुँदै आएको बिद्युतको समस्याले जनजीवन प्रभावित भएको भन्दै बिद्युत प्राधिकरण धनगढीसङ्ग  शनिबार बिहान वार्ता गरेको छ। अबरुद्ध बिद्युत समस्याको समाधानका लागि राष्ट्रिय प्रजातान्त्रिक युवक संगठन र राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठन आन्दोलित बनेका थिए ।

आन्दोलनको फल स्वरूप बिगत ३ दिन देखि धनगढी नगरमा भएको बिद्युतको समस्याको अन्त्य भएको राप्रविसं कैलालीका जिल्ला अध्यक्ष अभिशेष लोक नाथले जानकारी दिए ।

बिहान भएको बैठकमा बिधुत प्राधिकरणको “Record System” व्यवस्थित गराउदै आम सेवाग्राहिको सुचनाको हक को संरक्षण गर्ने र अनियमित बिधुत कटौती को अन्त्य गर्ने प्रतिबद्धता विद्युत प्राधिकरण को तर्फबाट भएको छ।

योसंगै धनगढी नगरमा अवरुद्ध बिधुत सुचारु भएको जनाएको छ ।

प्रकाशित मितिः शनिबार, साउन ४, २०७६     10:43:11 AM  |

प्रतिक्रया दिनुहोस्