23 September 2019  |   सोमवार, अशोज ६, २०७६

गुठीको सम्पूर्ण जग्गाको विवरण माग गर्दै समितिले बुझायो ज्ञापनपत्र

    | प्रकाशित मितिः आइतवार, साउन ५, २०७६  

काठमाडौं । गुठी विधेयक खारेजीको मागसहित आन्दोलनरत राष्ट्रिय पहिचान संरक्षण संयुक्त संघर्ष समितिले गुठी संस्थानसँग गुठीको सम्पूर्ण जग्गाको विवरण माग गर्दै ज्ञापनपत्र बुझाएको छ ।

त्रिपुरेश्वरस्थित गुठी संस्थानको कार्यालयमा पुगेर समितिले आइतबार दिउसो ज्ञापनपत्र बुझाएको हो । समितिका संयोजक गणपतिलाल श्रेष्ठ नेतृत्वको समितिले संस्थानका अध्यक्ष मिनराज चौंधरीलाई बुझाएको ज्ञापनपत्रमा गुठीको जग्गाको सम्पूर्ण विवरण उपलब्ध गराउन माग गरिएको छ ।

ज्ञापनपत्रमा गुठीका चलअचल सम्पत्ति र त्यसको कारोबारको विवरण पनि उपलब्ध गराउनुपर्ने उल्लेख छ । गुठीको जग्गा तथा चलअचल सम्पत्ति व्यक्तिले आफ्नो नाममा ल्याएर भोग चलन गरिरहेको समाचार सार्बजनिक हुन थालेपछि समितिले त्यसको सम्पूर्ण विवरण उपलब्ध गराउन गुठी संस्थानसँग माग गरेको हो ।

यता, गुठी संस्थानका अध्यक्ष चांैधरीले कार्यालयमा उपलब्ध भएको गुठीको सम्पत्तिको सम्पूर्ण वितरण समितिलाई बुझाउने प्रतिवद्धता व्यक्त गरे ।

प्रकाशित मितिः आइतवार, साउन ५, २०७६     4:01:31 PM  |

प्रतिक्रया दिनुहोस्