14 October 2019  |   सोमवार, अशोज २७, २०७६

चौकुनेमा कृषि तथा वन बिज्ञान क्याम्पस स्थापनाको बाटो खुल्यो,गाउँपालिका भरी खुशियाली

    | प्रकाशित मितिः आइतवार, साउन ५, २०७६  

काठमाडौ । सुर्खेतको चौकुने गाउँपालिका ७ मा कृषि तथा वन बिज्ञान क्याम्पस स्थापनाको बाटो खुलेको छ । आइतबार राजधानी काठमाडौमा सम्पन्न मध्यपश्चिमाञ्चल विश्वविद्यालयको नवौं सिनेटले क्याम्पस को केन्द्रीय क्याम्पस चौकुनेमा संचालन गर्ने नीति तथा कार्यक्रम स्विकृत गरेपछि क्याम्पस स्थापनाको बाटो खुलेको हो ।

चौकुनेमा कृषि तथा वन बिज्ञान क्याम्पस संचालनको लागि यस अघि थुप्रै प्रयास र पहल भएका थिए । चौकुनेमा क्याम्पस स्थापनाका लागि प्रमुख अभियान्ता क्याम्पस संचालन समितिका अध्यक्ष तथा नेकपा सुर्खेतका नेता मोहन बडुवाल, विषेश अभियान्ता चौकुने गाउँपालिका का  अध्यक्ष धिर बहादुर शाही लगाएतले पहल गर्दै आएका थिए । क्याम्पस स्थापनाको बाटो खुलेसङ्गै चौकेनेवासीमा खुशियाली छाएको छ ।

आइतबार राजधानीमा प्रधानमन्त्री एवं विश्वविद्यालयका कुलपति केपी शर्मा ओलीको अध्यक्षतामा बसेको बैठकका प्रस्ताव उपर ब्यापक छलफल भएको थियो । विश्वविद्यालयको नवौं सिनेटमा सहभागी प्रधानमन्त्री ओलीले आफ्नो कार्यब्यस्तताका कारण बैठकको  सम्पूर्ण काम, कारवाही अघि बढाउन उपकुलपति प्रा.डा.उपेन्द्रकुमार कोइरालालाई अध्यक्षताको जिम्मेवारी दिएका थिए ।

उपकुलपति प्रा.डा. कोइरालाले आफ्नो चार वर्षे कार्यकालको समिक्षात्मक विषयवस्तु प्रवेश गराएका थिए । भने निमित्त रजिष्ट्रार यमबहादुर कार्कीले प्रस्तुत गरेको आर्थिक वर्ष २०७६/०७७ को लागि अनुमानित बजेट तथा कार्यक्रम पेस गरेका थिए ।

सिनेटले आर्थिक वर्ष २०७६/०७७ का लागि अनुमानित कूल बजेट रु. १ अर्व ३ करोड ७० लाख २६ हजार रुपैयाँ विनियोजन गरेको छ । जसमध्ये पूँजीगत तर्फ रु. ३७ करोड १२ लाख ६२ हजार( कूल बजेटको ३५.८०%)  र सन्चालन तर्फ रु. ६६ करोड ५७ लाख ६४ हजार ( कूल बजेटको ६४.२०%) रहेको बजेट सभाले स्वीकृत गरेको छ ।  यसैगरी आर्थिक वर्ष २०७५/०७६ को कूल ४९ करोड ७७ लाख ३ हजार मध्ये १६ करोड ८० लाख ९८ हजार पूँजीगत तर्फ र ३२ करोड ९६ लाख ५ हजार सन्चालन तर्फको खर्च अनुमोदन गरेको छ ।

प्रकाशित मितिः आइतवार, साउन ५, २०७६     6:02:57 PM  |

प्रतिक्रया दिनुहोस्